20220909

बेलायती महारानीले पहिलो भ्रमण सन् १९६१ र दोस्रो भ्रमण सन् १९८६ मा गरि नेपालको दुईपटक राजकीय भ्रमण गरेकी थिइन


 स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्ने शालीन बेलायती महारानी एलिजाबेथ द्धितीय सधैका लागि अस्ताएकी छन् । बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनले यतिबेला बेलायत मात्र होइन सिङ्गो विश्व नै स्तब्ध भएको छ । स्वास्थ्यमा केही समस्या आएपछि स्कटल्याण्डस्थित बालमोलर दरबारमा चिकित्सकको निगरानीमा रहँदै आएकी महारानी एलिजाबेथको विहिबार ९६ वर्षको उमेर निधन भएको हो ।


महारानी एलिजाबेथको जन्म सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा भनिँदै आएपनि जन्मदिन मनाउने क्रममा भने सधै अन्यौल रह्यो । कतिपयले उनको जन्मदिन अप्रिल महिनाको पहिलो शनिबार बनाउने गर्थे भने कतिपयले दोस्रो त कतिपयले अप्रिल महिनाको तेस्रो शनिबार । बेलायती महाराजी एलिजाबेथ द्धितीय बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासको सूचिमा फ्रान्सका लुइस १४ औंपछि दोस्रो स्थानमा पर्छिन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।



एलिजाबेथले कहिल्यै सार्वजनिक विद्यालयमा पढ्ने अवसर भने पाइनन् । सार्वजनिक विद्यालयमा साथीसँग पढ्दाको अनुभव कस्तो हुन्छ त्यो उनले कहिल्यै महसुस गर्नबाट वञ्चित भइन् । उनलाई कान्छी बहिनी मार्गरेटले दरवारमै पढाएकी थिइन् । पारिवारिक जीवनमा उनी कयौं अप्रिय घटनाको साक्षी बनिन् तर कत्ति पनि विचलित भइनन् ।


एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादाक्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना थिएन । तर सन् १९३६ डिसेम्बरमा उनका ठूलो बुबा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि एजिलाबेथका बुवा जोर्ट चौथो र त्यसपछि १० वर्षकी एलीजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुल्यो ।


दोस्रो विश्वयुद्धपछि ब्रिटेन तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथ सिंहासनमा विराजमान भइन् । समयक्रममा उनले कैयौं पारिवारिक झमेला बेहोर्नुपर्‍यो । सन् १९९६ मा राजकुमार चाल्र्स र डायनाबीच १५ वर्षमै वैवाहिक सम्बन्धविच्छेदले शाही परिवारप्रति आलोचना बढ्न थाल्यो । त्यसको अर्को वर्ष डायनाको पेरिसमा कार दुर्घटनामा निधन भएपछि झन् जनता झन् नकारात्मक बन्दै गए ।


अत्यधिक लोकप्रिय राजकुमारी डायनासँग चाल्र्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको जनस्नेह जित्ने चुनौती रानीले सामना गरिन् । राजकुमारहरू विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ मा पेरिस कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा राजकुमार चाल्र्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरे । दुई वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरे । यस्ता युप्रै चुनौतीसँग जुध्दै महारानी एलिजाबेथ अलिकति पनि डग्मगाइनन् । सत्तामा सात दशक बिताएकी एलिजाबेथले आफ्नो शासनकालमा निकै धेरै उतारचढाव भोगे पनि मनोवलका साथ राजतन्त्र सुरक्षित राखिन् ।


उनले जीवनमा भोग्नुपरेको चुनौती यतिमा मात्र सीमित रहेन सन् २०२१ को जुनमा आफ्नो पति गुमाउँदा विक्षिप्त भएकी महारानी एलिजाबेथको जीवनमा पति वियोगको पीडा सेलाउन नपाउँदै अर्को बज्रपात खेप्नुपर्‍यो । पतिको मृत्यु भएको ६ महिनापछि छोरा एन्ड्रयुलाई यौन दुव्र्यवहारको आरोप लाग्यो । यौन दुव्र्यवहारको आरोपकै कारण शाही पदवी खोसियो । यी तमाम पीडा र अवरोधकाबीच महारानी एलिजाबेथले सधै आफूलाई सम्हालिरहिन् । एलिजाबेथका ४ सन्तान छन् ।


नेपालको बेलायतसँगको सम्बन्धमा उनको पनि नेपालप्रति माया र सद्भाव छ । उनले दुई दुई पटकसम्म नेपालको भ्रमण गरेकी छन् । बेलायती महारानीले पहिलो भ्रमण सन् १९६१ र दोस्रो भ्रमण सन् १९८६ मा गरि नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।


दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ दम्पती नेपाल भ्रमणमा आएकी थिइन् । तत्कालिन राजा महेन्द्र र वीरेन्द्रको पालामा उनीहरुकै निम्तोमा उनी नेपाल भ्रमणमा आएकी थिइन् । सन् १८१६ देखि नै महारानी एलिजाबेथको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको थियो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक