20220921

२४ हजार ३ सय ३१ कूल उजुरीमध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भए : अख्तियार


अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ। अख्तियारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कूल उजुरीमध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो। जसअनुसार प्रारम्भिक छानबिनबाट तामेली ५ हजार ३ सय २, सुझावसहित तामेली ४ सय ७४, विस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारबाही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सबैभन्दा बी उजुरी मधेस प्रदेशमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। त्यस्तै सबैभन्दा बढी मुद्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाएको छ। अख्तियारले बुधबार नै वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक