20220923

दशैं कहिले हो भनेर तनाब नलिनुस, अक्टोबर ५ मा मज्जाले मनाउनुस !

 - लेखनाथ गौतम 

दशैंको माहोल रमाइलो हुन्छ। वातावरण सफा हुन्छ, हावापानी न चिसो न गर्मी हुन्छ। खेतमा धानका बालाहरु झुलेका हुन्छन, जताततै हरियाली हुन्छ। विदेशबाट फर्किने लाहुरेहरु, स्कुल कलेज बिदा भएर बसेका बिद्यार्थी र शिक्षकहरु अनि हलो बिसाएर बसेका किसानहरुको उपस्थितिले खानै नपाए पनि दशैं आउंदै गर्दाको अनुभूति बेग्लै हुन्छ, रमाइलो हुन्छ। 

तर यो अनुभूति हामी अमेरिकाको डालस क्षेत्रमा बस्नेहरुको लागि भने फरक तरिकाले आउने गर्छ। डालसबासी हाम्रो दशैं कहिले हो भनेर बादबिबाद, झगडा र तनाबमा बित्ने गर्छ। यसको लागि धन्यवाद दिनु पर्छ डालसको नेपाली मन्दिर, त्यहाँको कार्यसमिति र पुजारीहरुलाई। बिना बिबाद र 

 झन्झट खुसियालीपुर्बक मनाएका चाडबाडहरुमा तिथिरुपी बिष घोलेर यतिबेला हाम्रो समाजको रमाइलो र सद्भावमा खर्च गर्नु पर्ने उर्जा कुन दिन हो दशैं भनेर बिबाद गर्दै एक अर्कालाई गालि गर्दै दशैं र तिहार जस्ता चाडबाडहरु बित्ने गरेका छन् डालसका नेपालीहरुका आजकल।  

बिगत ३/४ बर्ष देखि समाजमा घोलिएको बिबादको बिष छिट्टै अन्त्य हुने अबस्थामा भने छैन। यसमा केहि व्यक्तिहरुको व्यक्तिगत कुण्ठा र घमण्ड सामाजिक सद्भावमा तगारो बनेर उभिएको स्पस्ट छ। यो बिबादको अन्त्यको लागि कि त यी व्यक्तिहरुको कुण्ठा र घमण्ड अन्त्य हुनुपर्छ कि त यी व्यक्तिहरुको हातमा डाडु पनियो हुनुहुदैन। आशा गरौँ त्यो दिन छिट्टै आओस।  

हाम्रा चाडबाडहरु मितिमा मात्र होइन तिथिमा पनि आधारित छन्। त्यसैले गर्दा नै हो हरेक बर्ष फरक दिनमा पर्छन हाम्रा चाडबाडहरु। त्यसमा बिबादको कुनै बिषय नै छैन। चाडबाड धर्म भन्दा पनि परम्परा हो भन्ने कुरा पनि प्रस्ट छ।  त्यस्तै हाम्रो प्रबासी समाज अहिले पनि नेपालसंग प्रत्यक्ष जोडिएको कुरा पनि निर्बिबाद नै छ। यस्तोमा हाम्रा हरेक चाडबाडहरु नेपालकै बारमा मनाउनु उचित र सर्बस्विकार्य हुन्छ भन्नेमा म पूर्ण बिस्वस्त छु। तिथि मितिका कुरा गर्ने देखि सबैलाई तलका निम्न कुराहरुले यसपालीको दशैं अक्टोबर ५ मै हो र सोहि अनुसार मनाउनु उपयुक्त कसरी हुन्छ भन्ने प्रस्ट हुन्छ।  

१ परम्पराको अनुसरण गर्न : 

दशैं, तिहार वा अन्य कुनै चाड हाम्रो धर्म होइन, यो संस्कार र परम्परा हो। परम्परा भनेको हाम्रा पितापुर्खाहरुले चलाएको चलन अंगिकार गर्ने हो। देश बाहिर जाँदैमा उसले त्यो परम्परा भत्काउनु पर्छ भन्ने छैन। विदेश आए पनि हामीले आफ्ना बुवाआमा र गुरुलाई दिने सत्कारको परम्परा तोडेका छैनौ। सानालाई माया र ठुलालाई आदर गर्ने परम्परा छोडेका छैनौं। विदेश आए पछि त्यो पनि मान्दैनौ भन्ने छुट त छ तर त्यो कुरा सर्बस्विकार्य हुन कदापि सक्दैन।  त्यसैले हाम्रो परम्पराको निरन्तरताको लागि दशैं नेपालमा जुन बार मनाइन्छ त्यो बार नै मनाउनु पर्छ।  

२ एकरुपताको लागि : 

अहिले नेपाल भन्दा बाहिर धेरै नेपालीहरु छन्। करिब सबै देशहरुमा नेपालीहरु छन् भनिन्छ। यस्तोमा सबैले स्वीकार्ने दिन भनेको नेपालमा जुन दिन चाड मनाइन्छ, त्यहि दिन नै हो। निजि गतिविधिमा आफ्नै निजि तिथिमिति प्रयोग गर्न सबैजना स्वतन्त्र भए पनि दशैं तिहार जस्ता अन्तररास्ट्रिय चाडबाडहरुमा भने व्यक्ति गौंड र समाज मुख्य हुनुपर्छ। यसले चाडबाड मनाउने कुरामा एकरुपता हुन्छ र कसैलाई पनि देश, स्थान वा अन्य अवस्था हेरेर चाड मनाउनु पर्दैन। सोहि दिन बिस्वभर मनाइन्छ। यसले गर्दा कसैलाई पनि दुबिधा, असजिलो वा झन्झट हुँदैन। एकै दिनलाइ स्वीकार गर्दा एकै  दिन मनाइन्छ र  केहि चाड आयो कि कहिले हो र किन हो भन्ने नचाहिदो विवादमा समाज अल्झिनु पर्दैन। समाजको ठुलो उर्जा यी चाडबाडहरुलाई कसरी भब्य र सभ्य रुपमा मनाउने भन्नेमा केन्द्रित गर्न सकिन्छ। अहिले जस्तो दशैं कहिले हो भनेर एक आपसमा विवाद गर्दै समाजको सम्पूर्ण उर्जा नस्ट गर्नु पर्दैन।  

३ तिथिको सम्मानसंगै सामाजिक एकताको लागि :   

अहिले समाजमा जुन तिथिको तर्क ल्याइएको छ, त्यो पनि सहि देखिन्न। सामान्यतया हाम्रा २४ घन्टाका दिनहरुमा कुनै त्यस्तो दिन नहोला जसमा दुइटा तिथि नपरेको होस्।  अर्थात् हरेक दिन जसो एक दुइ घण्टा एउटा तिथि हुन्छ भने बाँकी अर्को तिथि। कुनै दिन १२/१२ घण्टा हुनसक्छ। कुनै दिन १०/१४ घण्टा पनि हुनसक्छ। अर्थात् कुनै पनि दिन २४ घन्टामा २४सै घण्टा एउटै तिथि हुँदैन। यस्तोमा गर्ने भनेको मिलाएरै हो। यताको तिथिलाई तन्काएर उता लैजाने कि उताको तिथिलाई तन्काएर यता ल्याउने भन्ने नै प्रमुख कुरा हो।  

यस्तो अबस्थामा समाजको एकतालाइ, समाजको सहजतालाई, समाजको भावनालाई कदर गर्दै च्यातिने तिर होइन जोडिने तिर तन्काउनु पर्छ। अझ मन्दिर जस्तो सामाजिक संस्थाले त सर्बस्विकार्य दिनलाई नै मान्यता दिनु उचित हुन्छ। जतातिर तन्काउँदा समाज जोडिन्छ, त्यतै बल गर्नु पर्छ। उल्टो तिर बल गरेर, समाजलाई आफ्नो उर्दी मान्ने प्रजाको रुपमा व्यवहार गर्नु सहि होइन। यस्ता गम्भीर बिषयहरुमा आफ्नो निजि कुण्ठा र घमण्ड भन्दा पनि समाजको बृहत्तर हित कता छ भन्नेमा पदमा बस्नेहरु लाग्नु बेश हुन्छ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक