20220910

न्युयोर्कमा पोलियो भाइरस संक्रमण बढ्न सक्ने भन्दै आपतकालिन अवस्थाको घोषणा, अमेरिकामा करीब एक दशकपछि पोलियोको पहिलो केस पुष्टि

 अमेरिका / न्युयोर्कमा पोलियो भाइरस संक्रमण बढ्न सक्ने भन्दै आपतकालिन अवस्थाको घोषणा गरिएको छ । दुषित पानीको नमूनामा पोलियोको भाइरस भेटिएपछि राज्य सरकारले आपतकाल घोषणा गरेको छ । अमेरिकामा करीब एक दशकपछि पोलियोको पहिलो केस पुष्टि भएको हो । गत जुलाईमा रकल्याण्ड काउन्टीमा एक जनामा संक्रमण देखिएपछि न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले दूषित पानीमा भाइरसको नमूना परिक्षण गर्न सुरु गरेका थिए । पछिल्लो पटक लङ आइल्याण्डको नासाउ काउन्टीमा गरिएको नमूनामा भाइरस पत्ता लागेको थियो । ओरेन्ज, रकल्याण्ड र सुलिभन काउन्टी साथै न्यूयोर्क शहर वरपर पनि गत अप्रिलदेखि हरेक महिना लिइएका नमूनाहरुमा पनि भाइरस पत्ता लागेको थियो ।


न्यूयोर्कमा, राज्यव्यापी पोलियो खोप दर ७९ प्रतिशत छ, तर रकल्याण्ड, ओरेन्ज र सुलिभन काउन्टीमा सो दर न्यून रहेको बताइएको छ । ती क्षेत्रमा सयौँ मानिसलाई पोलियो भएको र थाहा नभएको हुनसक्ने स्वास्थ्य अधिकारीहरुको आँकलन छ ।  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक