20220903

५० रुपैयाँमा ७७ हजार भन्दा बढीलाई खाना खुवाउने होटेल : वर्षको २० लाख घाटा भएर पनि सञ्चालन भइरहेको छ !

- ध्रुव अधिकारी 

वीरगञ्जस्थित भरपेट भोजनालयले स्थापना भएको एक वर्ष पुगेको अवसरमा आज वार्षिक उत्सव सम्पन्न गरेको छ । ५० रुपैयाँमा स्तरीय भरपेट भोजन उपलब्ध गराउने उद्देश्यले गत २०७८ साउन ३१ गतेबाट वीरगञ्जमा भरपेट भोजनालयको स्थापना गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं

संविधान सभा सदस्य अनिल रुंगटाले भरपेट भोजनालय जस्ता संस्थाले गरेका जनमुखी कार्यहरूको प्रोत्साहन गर्नु आजको आवश्यकता भएको बताउनुभयो । भोजनालयबाट विशेष गरी विपन्न समुदायले प्रत्यक्ष लाभ लिएको चर्चा गर्नुहुँदै उहाँले यस्तो पुनीत कार्यमा सबैको साझा सहयोगका लागि अपिल समेत गर्नुभयो ।


भरपेट भोजनालयबाट प्रवाह भइरहेको सेवा/सुविधाप्रति सन्तुष्टि जनाउनुहुँदै वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले भोजनालय सञ्चालनार्थ महानगर र आफ्नो व्यक्तिगत तर्फबाट हुनसक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दैनिक ज्यालादारी गर्ने वर्गलाई भोजनालयले प्रत्यक्ष लाभ पुर्‍याएको चर्चा गर्नुहुँदै उहाँले यसको व्यवस्थापन सम्हालिरहेको सानो पाइला समूहप्रति विशेष आभार समेत प्रकट गर्नुभयो ।


कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले निजी क्षेत्रसँग हातेमालो गरेर यसको विस्तार र निरन्तरताका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।


वर्षको २० लाख घाटा भएर पनि सञ्चालन भइरहेको भोजनालयबाट लाभान्वित हुनेहरूको सङ्ख्या धेरै भएको उल्लेख गर्नुहुँदै उहाँले यसको प्रोत्साहनमा सहयोगका लागि आम उद्योगी व्यवसायीलाई आह्वान गर्नुभयो ।


नेपाली काँग्रेसका नेता प्रकाश उपाध्यायले समाजवादको यात्रामा भरपेट भोजनालय कोशेढुङ्गा भएको बताउँदै भोजनालय सञ्चालन गरी निम्न वर्गको समस्याको सम्बोधन गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा सामाजिक अभियन्ता ओम प्रकाश सर्राफ, सानो पाइलाका संस्थापक कन्चन झा, सरोज चौरसिया, प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली काङ्ग्रेसकी नेतृ रम्भा मिश्र लगायतको उपस्थिति रहेको थियो ।


भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी व्यक्तिलाई खाना खुवाइएको र १ वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख ९ हजार ८ सय १६ रुपैयाँ भएको र खर्च ५९ लाख ६ हजार ९ सय ६२ रुपैयाँ भएको आय व्यय प्रस्तुत गरिएको थियो । जस अनुसार कुल २० लाख ९७ हजार १ सय ४६ रुपैयाँको घाटामा भोजनालय सञ्चालन भइरहेको जानकारी गराइएको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक