20220927

तीन महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको राजकीय सम्मानमा साथ अन्त्येष्टि

 
तीन महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्त्येष्टि गरिएको छ। राजधानी टोकियोमा आयोजित एउटा समारोहबीच आबेको राजकीय सम्मानमा साथ अन्त्येष्टि भइरहेको जापान टाइम्सले जनाएको छ।

आबेको अन्त्येष्टिमा सहभागी हुन अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससहित २१८ वटा विभिन्न मुलुकका सात सय जना प्रतिनिधि सहभागी भएका छन्।

आबेको अन्त्येष्टि ४ हजार ३ सयभन्दा बढी मानिस सहभागी हुने बताइएको छ। आम जापानीहरूले भने नजिकैको पार्कमा फूल चढाउने व्यवस्था मिलाइएको छ।

जापान सरकारले आबेको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। दोस्रो विश्वयुद्धपछि जापानमा पूर्वप्रधानमन्त्रीको राजकीय सम्मानमा साथ अन्त्येष्टि गरिएको दोस्रो घटना हो।

सन् १९६७ मा तत्कालीन प्रधानमन्त्री शिगेरू योसिदाको अन्त्येष्टि पनि राजकीय सम्मानका साथ गरिएको थियो।

अरू नेताहरूको निधन हुँदा सरकार र पार्टी मिलेर अन्त्येष्टि गर्ने गरिन्थ्यो।

गत असार दोस्रो साता चुनावी अभियानका क्रममा हत्या गरिएका आबे जापानमा सबैभन्दा लामो समय कार्यकाल चलाउने प्रधानमन्त्री हुन्। आफ्नो पार्टीका नेता भएकाले प्रधानमन्त्री फुमिओ कासिदाले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेका हुन्।

उनको अन्त्येष्टिमा १ करोड १५ लाख अमेरिकी डलर ( १ अर्ब ५० करोड रुपैयाँ)  खर्च हुने बताइएको छ।

यति धेरै खर्च गरेर आबेको अन्त्येष्टि गर्न लागेको भन्दै केही मानिसहरूले विरोध पनि गरेका छन्। 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक