20220928

राजेन्द्र लिङ्देन र रबीन्द्र मिश्रको यो राजनीतिक जोडी कस्तो होला ?

काँग्रेस, एमाले, माओवादी आदी जस्ता  दलहरुमा जाँदा रबीन्द्र देखावटी रुपमा हाइ हाइ हुन सक्थे तर उनले त्यो बाटो रोजेनन

बढी उदार बन्दा, सबैलाई समेट्छु भन्दा, बिचार भन्दा माथि देशको कुरा गर्दा राजाबादी, प्रतिगमनकारी, युरोपियन दलाल देखी दुनियाँदारी आरोप खेपेका रबीन्द्र मिश्रको राजनीतिक बाटो अब क्लियर मात्र भएको छैन एकातिर उनी अब झन तारो बन्ने र अर्को तिर काँग्रेस, एमाले, माओवादी आदी जस्ता पुरातनबादी दलहरुका लागि झड्का बन्ने प्राय निश्चित देखिएको छ । 

          
विवेकशील साझा पार्टी बाट ससम्मान राजीनामा दिएर पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन। राप्रपा र मिश्र पक्षधर समूहबीच एक भब्य कार्यक्रम आयोजना गरेर एकता घोषणा गरिएको काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माला लगाएर मिश्रलाई पार्टीमा स्वागत गरेका हुन। यसअघि लिङ्देन र मिश्रबीच एकता घोषणा पत्रमा हस्ताक्षर भएको थियो। उनीहरूले एकता घोषणा पत्र हस्ताक्षर गरी एकअर्कालाई हस्तान्तरण गरेका थिए। राप्रपाले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाएको छ।

  देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेकोले आफूहरूले एकता गरेको उनीहरूले बताएका छन्। समान विचार बोकेका व्यक्ति र समूहलाई राप्रपामा आउन पनि उनीहरूले अपिल गरेका छन्। मिश्रसँगै राप्रपामा विवेकशील साझाका केही नेताहरू गएका छन्। उनीहरूलाई १० दिनभित्र पार्टीका केन्द्रीय समिति, केन्द्रीय कार्यसम्पादन समिति र प्रदेश समितिहरूमा समायोजन गरिने सहमति भएको छ। यसका लागि राप्रपा र मिश्र समूहका २/२ जना रहेको एक समिति पनि गठन गरिएको छ।

कसैले रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकोमा खिसी ट्युरी गरे पनि राजनीतिक रुपमा भने मिश्रका लागि, देशका लागि यो महत्वपूर्ण कदम हुन सक्छ । पहिला कमल थापाका कारण धेरै बदनाम रा.प्र.पा अहिले उनी बाहिरिए पछि राजेन्द्र लिङ्देन जस्ता लोकप्रिय नेताले नेत्रित्व गरिरहेको पार्टी हो । 

काँग्रेस, एमाले, माओवादी आदी जस्ता पुरातनबादी दलहरुमा जाँदा रबीन्द्र देखावटी रुपमा हाइ हाइ हुन सक्थे तर उनले त्यो बाटो रोजेनन । देशलाई केन्द्रमा राखेर आफुले रा.प्र.पा रोजेको उनको दाबी छ । 

भुल्न नहुने कुरा के छ भने रबीन्द्र मिश्र काँग्रेस, एमाले, माओवादी आदी जस्ता पुरातनबादी दलहरुका बदनाम नेताहरु जस्तो डुङ्डुङी गन्हाएका भ्रस्ट नेता होइनन । उनको भिजन प्रस्ट छ । राजेन्द्र लिङ्देन र रबीन्द्र मिश्रको यो राजनीतिक जोडीले रफ्तार लिन सके देशले अलिकती राहत पाउन सक्थ्यो भन्ने हरु पनि कम देखिन्नन । चाहे जे सुकै होस रबीन्द्र मिश्रलाई शुभकामना र राजेन्द्र लिङ्देनलाई पनि बधाई रबीन्द्र मिश्रसँग एकता गर्न सम्भब बनाएको मा ।      



 




राप्रपा प्रबेश गर्नु अघि विवेकशील साझा पार्टीका अध्यक्ष समक्ष रबीन्द्र मिश्रले पेस गरेको राजीनामा पत्र यस्तो थियो । 


समिक्षा बास्कोटा

अध्यक्ष, विवेकशील साझा पार्टी

केन्द्रीय कार्यालय, वखुण्डोल

विषय: पार्टीको साधारण सदस्यबाट राजीनामा


आदरणीय अध्यक्षज्यू,

झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।

यो मेरालागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन। राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।

नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ। ‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ।  तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने छ, जो राजनीतिक-सामाजिक रूपमा नरम संवर्द्धनवादी र अर्थ-राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ। अर्थात् त्यसले तुलनात्मकरूपमा उदार अर्थतन्त्रभित्र नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगिकार गर्नेछ। यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम संवर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।

जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्यौल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। वैचारिकरूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउनको लागि सकेको भूमिका निर्वाह गरेको हुँ। म मा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईँहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।

साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निश्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ। म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ। मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु।परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ।

यसै अवसरमा, विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम संवर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु।

रवीन्द्र मिश्र

सदस्य/निवर्तमान अध्यक्ष, विवेकशील साझा पार्टी

मिति: १० असोज २०७९

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक