20220917

युक्रेन आक्रमणमा रुस कमजोर बन्दै गएको अमेरिकाको दावी, उता किर्गिस्तान र ताजिकिस्तानको सीमामा भएको झडपमा परि ३० जनाको मृत्यु

 अमेरिकाले युक्रेन आक्रमणमा रुस कमजोर बन्दै गएको जनाएको छ । युक्रेनमा हातहतियारजन्य सहयोग बढेसँगै रुसी सेना युद्ध मैदानमा कमजोर बनेको अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर विभागले जनाएको हो । मस्कोले कब्जामा लिएका मध्ये केही भुभागमा किभले कब्जा जमाएसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धमा कमजोर पुष्टी भएको अमेरिकाको दावी छ । 


युक्रेनको उत्तरपश्चिमी क्षेत्रमा जवाफी हमलामा रुसी सेना फिर्ता हुन बाध्य भएको थियो । फलस्वरुप रुसले कब्जा जमाएको भुभाग युक्रेनले फिर्ता लिएको थियो । यसैविच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जतिसक्दो छिटो अन्त्य गर्न चाहेको बताउनुभएको छ । उज्वेकिस्तामा भएको मध्य एशियाली मुुलुकको शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग भएको द्धिपक्षिय भेटमा रुसका राष्ट्रपति पुटिनले युक्रेनले सहमतीमा आउन नचाहेको कारण आफुले युद्ध गर्न बाध्य भएको बताउनुभएको समाचार संस्था अलजजिराले जनाएको छ । 


उता किर्गिस्तान र ताजिकिस्तानको सीमामा भएको झडपमा परि ३० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको बताइएको छ । सोभियत संघको पतन भएदेखि नै विवादित रहेको सीमा क्षेत्रमा नियमित रूपमा हिंसा भड्किँदै आएको छ । दुई देशले युद्धविरामको सहमति गरेपनि झडप जारी रहेको हो ।


युद्धविराम उल्लंघन गरेको आरोप दवै देशले एक अर्कालाई लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किर्गिस्तानमा हालसम्म २४ जनाको मृत्यु भइसकेको किर्गिज स्वास्थ्य मन्त्रालयले जनाएको छ । ताजिकिस्तानबाट प्राप्त प्रारम्भिक रिपोर्टहरूले त्यहाँ कम्तीमा तीन जनाको मृत्यु भएको बताएको छ । सीमा क्षेत्रमा जारी झडपबाट बच्न झण्डै २० हजार नागरिक घर छोडेर भागेका छन् । सो क्षेत्रमा गतवर्ष भएको झडपमा परि ५० जना मारिएका थिए । 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक