20221013

आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न निर्वाचन आयोगलको निर्देशन

आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज (बिहीबार) आयोगले सरकारी र मातहतका कार्यालय प्रमुखहरूलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, शिक्षक तथा अन्य व्यक्तिलाई विभागीय कारबाही प्रारम्भ गर्न निर्दशन दिएको छ । यद्यपि आयोगको निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई आयोगको ऐन, २०७३ बमोजिम आयोग कारबाही प्रारम्भ गर्ने चेतावनी पनि दिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक