20221012

एकै परिवारको तीन जनाको हत्या, आमा र दुई छोराछोरीको शव खोलाको किनारमा, प्रहरी भन्छ अनुसन्धान जारी छ !

बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको हो। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी पत्नी २५ वर्षीया सुजता चौधरी,  उनकी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

तीनै जनाको विभत्स तरिकाले हत्या गरी शव फालिएको अवस्थामा भेटिएको प्रहरी उपपरीक्षक बोगटीले जानकारी दिए। घरमुली दीपेन्द्रले पत्नी सुजाता र दुई छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ। पत्नी र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाई प्रहरीले घाइते अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा भर्ना गरेको छ। पत्नी र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र लडेर घाइते भएको हुनसक्ने आशंका छ। उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बोगटीले जानकारी दिए। बुधबार अपरान्ह घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक बोगटीले हत्या कसले र किन गरेको भन्ने विषयमा अझै एकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक