20221129

जनता जब बिबेकहिन बन्छन शेर बहादुर देउबा जस्ता असक्षम र नालायक मान्छे लगातार सात पटक साँसद र पाँच पटक प्रधानमन्त्री पनि बन्दा रहेछन !

 
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहासमा जितको नयाँ रेकर्ड बनाएका छन् । एकै निर्वाचन क्षेत्रबाट लगातार सातौं पटक प्रतिनिधि सभा चुनाव जित्ने रेकर्ड देउवाका नाममा बनेको हो। लगातार ६ पटक चुनाव जितेर सातौं पटक चुनावमा होमिएका कांग्रेसकै नेता विजयकुमार गच्छदार भने सुनसरी-३ मा पराजित भए। देउवाले भने गृह जिल्ला डडेल्धुराबाट २०४८ सालदेखि भएका सबै चुनावमा जित्दै आएका छन्।  ७७ वर्षका देउवा यसपालि २५ हजार पाँच सय ३४ मतसहित डडेल्धुराबाट निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मतसहित पराजित भएका थिए। देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका चुनावमा गरी लगातार सातौं पटक चुनाव जितेका हुन्। यसबीचमा देउवा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भए। पहिलो पटक २०४८ सालमा चुनाव जितेपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री भएका थिए। त्यसपछि २०५१ मा देउवा प्रधानमन्त्री बने। त्यसपछि देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। अब नयाँ बन्ने सरकारमा पनि देउवा नै प्रधानमन्त्री भएमा उनी छैटौं पटक प्रधानमन्त्री हुनेछन्।


देउवा २०५२, २०५८, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। देउवा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका हुन्। २००३ सालमा डडेल्धुरामा जन्मिएका देउवा २०२२ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए। २०२७ सालपछि उनी नेविसंघको सभापति बने। उनी लगातार करिब १० वर्ष नेविसंघ सभापति भएका थिए। देउवा करिब ९ वर्ष जेल परेका छन्। पञ्चायत विरोधी आन्दोलनका बेला र ज्ञानेन्द्र शाह राजा भएका बेला देउवा जेलमा परेका थिए। २०४६ सालदेखि भने देउवाले कांग्रेसको सुदूरपश्चिम क्षेत्रको कमाण्ड समाल्दै पार्टी राजनीतिलाई अघि बढाएका थिए।


देउवाले २०५९ सालमा नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। यो पार्टी २०६४ मा नेपाली कांग्रेससँग मिल्यो। देउवा २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए। उनी २०७७ असार २८ मा पाँचौं पटक प्रधानमन्त्री भएका थिए। उनको नेतृत्वमा वैशाखमा स्थानीय र मंसिर ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव सम्पन्न भइसकेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक