20221116

यस्ता लाई मङ्सिर ४ गते फेरी हामी भोट हालेर जिताउँछौँ भने दोष उनीहरूको मात्र होइन हामी जनता, मतदाता कै हो !

राजनीतिका नाममा झुट, बेइमानी, ठगी, फट्याइँ, जालझेल, हावादारी गफ गर्न माहिर अपराधहरूका माध्यम बाट उदाएका नायकहरु, पूर्व कथित दुई पाइलटहरू प्रचण्ड र ओली दुवै सँग ऋषि धमलाले अलग अलग रूपमा हिजो गरेको अन्तर्वार्ता भर्खर हरियो । हेर्दा सुन्दा भन्न मन लाग्यो - राजनीतिका नाममा पूर्व कथित दुई पाइलटहरू प्रचण्ड र ओली दुबैका घमन्ड, अहङ्कार, हावादारी गफ र झुटका पुलिन्दाहरू सुन्दा हेर्दा हाँसो पनि लाग्यो, आक्रोश पनि जाग्यो । लाज मात्र लागेन यस्ता लाज शरम नभएका राजनीतिक नकचराहरूको आरती उतार्ने र यिनको पछि लाग्ने एक्काइसौँ शताब्दीका मान्छेहरू सम्झिँदा पनि अनेक कुरा मनमा खेलिरहे । यस्ता लाई मङ्सिर ४ गते फेरी हामी भोट हालेर जिताउँछौँ भने दोष उनीहरूको मात्र होइन हामी जनता, मतदाता कै हो । अर्को बोल्नै नजान्ने भाउजूका बुढाको विषयमा त के नै भनौँ र खोइ, उनी जस्ता असक्षमको के कुरा गर्नु ! यत्ति भन्न मन लाग्यो - मतदाता हरू कृपया आँखा खोलिदिनुस् । बुझिदिनुस् । अब धोखा नखानुस् । देश बँचाउनुस् । आफू पनि बाँच्नुस् । आगे तपाईँहरूकै जो मर्जी !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक