20221130

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न गर्न निर्देशन : निर्वाचन आयोग

 स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले  स्याङ्जा–२ र बाजुरामा गणना सुरु गर्न गर्न निर्देशन दिएसँगै पुनः मतदान नहुने भएको हो । आयोगको आज बसेको बैठकले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत बाजुरा र स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पनि मतगणना गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । स्याङ्जा २ चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली काँग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए भने बाजुरामा मतदानको दिन झडप हुँदा मानवीय क्षति समेत भएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक