20221125

इण्डोनेशियाको जाभा टापुमा गएको भूकम्पमा परि मुत्यु हुनेको संख्या २ सय ६८

Creator: ANTARA FOTO Credit: via REUTERS

 इण्डोनेशियाको जाभा टापुमा गएको भूकम्पमा परि मुत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ । १ सय ५१ जना अझै हराइरहेको अन्तराष्ट्रिय सञ्चचारमाध्यामले जनाएका छन्  । यस्तै भुकम्पमा परि एक हजार भन्दा बढी घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेमा अधिकांश बालबालिका रहेको बताइएको छ । यस्तै २ हजार २ सय घरहरुमा पूर्ण क्षेति पुगेको छ । भत्किएका भवनहरुमा फसेका अन्यलाई बचाउन उद्धारकर्ताहरु खटिएको अन्तर्राष्ट्रिय

सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी जाभा सियानजुर शहरलाई केन्द्रविन्दु बनाएर हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प भएको थियो । भुकम्पमा कारण पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक