20221225

राजनीतिक वेश्यावृत्तिको अर्को कुरूप नाटक मञ्चन, वेश्याहरूमा बरु इमानदारिता होला, अलिकति लाज शरम भन्ने चिज होला, नैतिकता भन्ने चिज भेटिएला तर देउवा, प्रचण्ड, ओलीहरूमा त्यो केही पनि देखिएन !

 
हाम्रा हिन्दूहरु बुझ्दै नबुझी क्रिसमस मनाउन र क्रिसमसमै मस्त, ब्यस्त रहेका बेला राजनीतिक वेश्यावृत्ति को अर्को कुरूप नाटक मञ्चन भएछ देशमा । रत्नपार्क र सुनधाराका सडकहरूमा दिन दाहाडै देह व्यापार गर्न अफर गर्दै बस्ने वेश्याहरू ( वेश्या महिला मात्रै हुन्नन् पुरुष पनि हुन्छन् गलत अर्थ नलगाउनुहोला ) मा बरु इमानदारिता होला, अलिकति लाज शरम भन्ने चिज होला, नैतिकता भन्ने चिज भेटिएला तर देउवा, प्रचण्ड, ओलीहरूमा त्यो केही पनि देखिएन । उनीहरू धरो फुकालेर नाँगिएछन फेरी । 

देउवा नामको नालायक, असक्षमको विषयमा के कुरा गर्नु र ! अब यी र्‍याले बुढानीलकण्ठ मा र्‍याल काढ्दै निदाउँछन् । महारानी आरजुले र्‍याल पुछिदिन्छिन् । 


आज प्रचण्ड र ओलीहरू बालकोटको बार्दलीबाट विजयी भावमा हात हल्लाएछन् । यी दुई कुरूपहरू ले यस पटक मात्र होइन बालकोट बाट पहिला पनि धेरै पटक यस प्रकारका नाटक मञ्चन नगरेका कहाँ हुन र ? गला मिलाएका, कुर्सी र टेबल जोडेर, कुम जोडेर, एउटै माला भित्र नारिएर हिँडेको, दुई पाइलट देखी जङ्गलका दुई शेर हौं सम्म भनेको, महाराज बनेको नदेखेको कहाँ हो र । 

सम्झिनुस् त यिनीहरूले एक आपसमा गाली गरेको, आरोप प्रत्यारोप गरेको, भिडेको, कहिले कता, कहिले कता गर्दै मिलेको । चुनावमा यिनीहरूका गठबन्धन के के भए कसरी भए भुल्नु भयो ?? यती निर्लज्ज, नाङ्गा, भुतुङ्गा हरू संसारमा कहीँ कतै देख्नु भएको छ ?? 

अब प्रचण्ड र ओलीहरू मिलेर सरकार बनाउने रे, त्यसमा अरूले पनि साथ दिने रे । झन्डै  १६९ को हाराहारीमा पुग्छ रे सङ्ख्या । सात प्रदेश मध्ये लगभग सबैमा एमाले माओवादी मिलीजुली सरकार बन्ने भो रे । राष्ट्रपति सभामुख लगायतका केन्द्र देखी प्रदेश त्यहाँ सम्मका पदहरूमा भाग बिलो पुग्ने गरी सहमति भयो रे । जे सुकै भन या नाप - यो अर्को कुरूप प्रहसन हो । 



यो नाटक पनि टिक्ने छैन धेरै । यो कुरूप सरकारमा जान, मन्त्री हुन, पद पाउन आतुर अरू हरूले पनि लेखेर राख यो अप्राकृतिक मात्रै होइन देश र जनता प्रतिको, जन भावना प्रतिको, जनमत प्रतिको भद्दा मजाक मात्र हो । समग्रमा भन्नु पर्दा अपराधी, राक्षसी तन्त्रको क्षणिक जीत हो तर देश र जनताको हार नै हो ।     

यस्ता अपराधीहरूको आरती उतार्ने र यिनका पछि लाग्ने भक्तहरू र राजनीतिक रूपमा भर्खर उदाएका, जनताले पत्याएका नयाँ अनुहारहरू पनि बिटुलिने र सबै उही ड्याङका मुला हुने मात्रै हो यो राम्रो अवसर हुँदै होइन । 

सारमा भन्नु पर्दा यो कथित लुटतन्त्र, गलगाँड तन्त्र, सङ्घीयता र यसको पोषण गर्ने संविधानको असफलता हो । जनताको मत को दुरुपयोग हो । परीक्षा वा प्रतियोगितामा तेस्रो भएको लाई पहिलो अर्थात् फस्ट बनाउन मिल्ने यो कहाँ को कस्तो व्यवस्था हो ? कस्तो संविधान हो ? आफै मूल्याङ्कन गर्नुस् । काँग्रेस त र्‍याले देउवा र महारानी आरजुले सिद्ध्याइनै हाले एमालेको पनि यो ठुलो हार हो । ओलीले आफू जाँदा सबै थोक लिएर जाने भए । मान्नुस् नमान्नुस् सत्र हजारका हत्यारा प्रचण्डको यो अर्को जीत हो । सत्य तितो हुन्छ ।  


 






                                         



     

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु:

For More Videos Click this link below:  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक