20221224

यो हो हाम्रो नेपाल र हामी नेपालीको सामूहिक तस्बिर !

ओँठ निचोरे दूध आउला जस्ता देखिने यी दुई युवाको तस्बिर उनी दुई जनाको मात्र तस्बिर होइन यो हो हाम्रो नेपाल र हामी नेपालीको सामूहिक तस्बिर । यही तस्बिरले बोल्छ हजारौँ हजार शब्द ।  ऋणको भारीले थिचिएका टेकराज र यामलाल थप ऋणको भारी बोकेर मलेसिया उडेका छन् ।  मलेसिया उड्दा म्यानपावरलाई २ लाख ८५ हजार बुझाएका छन् । पासपोर्ट बनाउँदा, काठमाडौँ बस्दा तथा सबै गरेर मलेसिया उड्न थप साढे ४ लाख ऋण थपिएको उनीहरूले बताएछन् । बुझ्नेलाई यो तस्बिर, यिनै दुई युवाको प्रतिक्रिया र कहानी काफी छ । यस्तो कहाली लाग्दो अवस्था एकातिर छ भने अर्को तिर शेर बहादुर देउवालाई छैटौँ पटक पनि आफै प्रधानमन्त्री हुनु छ, प्रचण्ड नामको भस्मासुरलाई त झन् अहिले नै जसरी पनि जता गएर पनि आफै प्रधानमन्त्री हुनै छ । उता यस्ताहरूलाई बोक्न र अर्काको काँधमा बन्दुक राखेर ठोक्न, जथाभाबी खोँक्न र पाए आफै प्रधानमन्त्रीको पद बोक्न ओली महाराज लालायित छन् । यस्तो देख्दा तपाईंलाई कस्तो लाग्छ ??


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक