निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची-१ र अनुसूची-२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची-१ बमोजिम राजनीतिक दलहरूबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने सङ्ख्या निर्धारण गरिएको आयोगले जनाएको छ ।