20230131

रबी लामिछाने र राजेन्द्र लिङ्देनलाई परदेशी मित्रको खुल्ला पत्र !

 
माओवादी, काँग्रेस, एमाले, मधेशबादीहरुले वाक्क दिक्क बनाएका बेला तपाईँहरूले जनतालाई केही गर्छु भनेर आशा देखाउनुभयो जनताले पत्याए, पूर्ण रूपमा नभए पनि केही हद सम्म वैकल्पिक शक्तिका रूपमा तपाईंहरुलाई रातारात स्थापित गराइदिए । नरिसाउनुहोला मित्रहरू, चुनाव जिते पछि तपाईँहरूले जुन दिन ओलीको जालमा र प्रचण्ड जस्तो अपराधी सरदारको खालमा परेर सत्तामा जाने निर्णय गर्नुभयो जनताले तपाईंहरुलाई पनि यिनले पनि हामीलाई धोका दिए भन्न थालेका छन् । 

हामी राजनीतिबाट अलग रहेका स्वतन्त्र मान्छेहरूलाई पनि तपाईँहरूबाट केही हुन्छ कि, जनताको वैकल्पिक शक्तिको चाहना बुझ्नुहुन्छ कि भन्ने लागेको थियो तर जब चुनावमै पनि, उम्मेदवार छनौटमै पनि कयौँ त्रुटिहरू भए पनि सुध्रिने आशामा थियौँ तर तपाईँहरूको ओली प्रचण्ड सँगको सहयात्राले तपाईँहरू प्रतिको जनविश्वासमा ठुलो प्रश्न उठिसकेको छ । अझै पनि त्रुटि सच्याउने अवसर छ - आम जनतासँग आत्मालोचना गर्दै अपिल गर्नुस् हामी बाट यो गल्ती भयो, हामी सरकारबाट अलग भएर प्रतिपक्षमा बस्छौँ र जनताको आवाज बोल्छौँ भनेर । होइन भने मित्रहरू तपाईँहरू लाई पनि जनताले कानै चिरेका जोगीको कित्तामा हेर्नेछन् । तपाईँहरू ओली, प्रचण्ड, देउवा हरू भन्दा हजार गुणा बेटर हुनुहुन्छ तर तपाईँहरूको ग्राफ हेर्दा स्टक जस्तै ओरालो यात्रामा छ । कृपया यसलाई रोक्नुस् र फेरी जन विश्वास जितेर उकालो लाग्न थाल्नुस् हामी शुभचिन्तकले भन्ने यत्ति मात्रै हो ।

मित्र रबीजी, अपराधीहरू सब मिलेर तपाईँलाई राजनीतिक रूपमा सिध्याउन कुनै कसर बाँकी राख्ने छैनन, यो कुरा मैले तपाईंलाई बारम्बार भनेको छु, बोलेको छु, तपाईँ परिपक्व हुनुपर्‍यो । लिङ्देन जी र तपाईंहरु जस्ता देशको प्रधानमन्त्री बन्ने सम्भावना भएको मान्छे प्रचण्ड र ओलीको मन्त्री भएर के गर्नुहुन्छ ? के गर्न दिन्छन् तपाईँलाई ? देख्नुभयो सबै मिलेर कसरी ब्रेक लगाए ? अझ हेर्दै जानुस् यिनीहरूले के के गर्ने छन् । यती हुँदा पनि अझै पनि तपाईँ लाई गृह कै भोक मित्र, अदालतको संक्षिप्त फैसला मात्र आएको छ पूर्ण फैसलामा अझ के के अङ्कुश लगाउने हुन हेर्न बाँकी नै छ तर तपाईँको हतार पटक्कै मेल खाएको छैन । तपाईँको साथी पनि भएको र तपाईँको सधैँ भलो चाहने, तपाईँ स्थापित भएको हेर्न चाहने भएकोले मलाई यती भन्ने अधिकार त छ नि होइन र मित्र ? षड्यन्त्र यती धेरै भैरहेका छन् तपाईँहरू विरुद्ध कृपया बुझ्ने र सोही बमोजिम अगाडि बढ्न तपाईंहरुलाई प्रेरणा मिलोस् मेरो कामना । मलाई तपाईँहरू असफल भएको हेर्नै मन छैन, तपाईंहरुलाई असफल हुने छुट पनि छैन तर तपाईँहरूको ओरालो यात्रा देख्दा पक्कै दुखी भने छु । सत्य तितो हुन्छ । मित्रहरू चुनाव अघि देखी मैले भन्दै आएका, बोल्दै आएका र लेख्दै आएका कुराहरू एक पटक सम्झिनुस् त ! - रामप्रसाद खनाल 



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक