20230106

चीनमा कोरोना संक्रमण तीब्र बनेसंगै स्वास्थ्य पुर्वाधारमा समस्या

 चीनमा कोरोना भाइरस संक्रमण तीब्र बनेसंगै स्वास्थ्य पुर्वाधारमा समेत समस्या आएको छ । कोरोना भाइरस संक्रमित उपचारका लागि अस्पताल धाउँदा समेत बेड, श्वासप्रश्वास मेसिन र चिकित्सा उपकरणको अभाव भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । तीन वर्षको कोभिड रोकथाम उपायहरू पूर्ण रूपमा विफल भएको संक्रमित र उनीहरुका परिवारले गुनासो गरेका छन् । सरकारले कुनै तयारी बिना नै नियन्त्रणका उपायहरु अपनाउँदा अहिले धेरै मानिसहरु संक्रमित बनेको बताइएको छ । चीनको विवादास्पद शून्य–कोभिड नीतिको सरकारले आफैं उल्टाउन लागेको सर्वसाधारणको भनाई छ । यसैबीच, चीनले जनवरी ८ देखि अन्तराष्ट्रिय यात्रा समेत खुलाउने भएको छ । सामूहिक परीक्षण, कडा क्वारेन्टाइन र प्रतिबन्धका बाबजुद कोभिड नियन्त्रण नभएको भन्दै अबका दिनमा संक्रमण बढ्न सक्ने भन्दै चिन्ता व्यक्त भएका छन् । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक