20230117

कविता : देशको हाल खबर

 गीत सङ्गीतमा छँदैछन "भेलु बाजेहरू" 

राजनीतिमा झन् के कम "भेलु बाजेहरू" 

टिकटक र रिल छँदैछन "तमासा" देखाउन 

मख्ख छौँ हामी जनता यस्तै मनोरन्जनहरुमा  

ट्विटर छँदै छ चाहिने नचाहिने "ट्विट" गर्न    

युट्युबेहरु छँदैछन बसेका घरबार "ध्वस्त" गर्न 

पिँढीमा बसेर खोँक्दा खोँक्दै बुढी आमा,  

रोगले थलिएका रोगाहा बुढा बाउ र बाउ  

कुन बेला हुन्छन् परमधाम छैन ठेगान

फ्याट्टै मरिहाले भने बुढाबुढी बाउ आमा  

लास न कुहियोस् छोरो आउन्जेल भनेर 

व्यवस्था हुँदै छ रे गाउँमा "डिप फ्रिजर"

यस्तै यस्तै छ देशको आजको हाल खबर

बस्न सकिँदो रहेनछ सब कुराको बेखबर ! 

सुनाउनु पनि खोइ के सुनाउनु यस्ता खबर !!

- रामप्रसाद खनाल


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक