20230129

पोखरामा पनि एक युवकले आत्मदाह प्रयास, उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते

 पोखरामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते छिन् । पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा स्टेशनरी पसल संचालक ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाह प्रयास गरेका हुन् । स्थानीय संगीता सापकोटाको घरमा पसल संचालन गर्दै आएका उनले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी संगीताले देखेपछि बचाउने प्रयास गर्दा उनी पनि जलेकी हुन् । घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), रामघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जनाए । उनले भने, ‘एक पुरुषले पेट्रोल छर्केर आफैलाई जलाउने खोज्दा घाइते भएका हुन् । अर्की एक महिला पनि घाइते छिन् । उनीहरुको गण्डकीमा उपचार भइरहेको छ । सबै विवरण खुल्न बाँकी छ ।’


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले पुरुषको तुलनामा महिलाको अवस्था चिन्ताजनक छ । स्थानीय उनीहरुलाई जलिरहेको अवस्थामा देखेपछि उद्धार गरी अस्पताल पु-याएका हुन् । कृष्णले किन आत्मदाह प्रयास गरे भन्ने यकिन भएको छैन । प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । कृष्णले आफ्ना साथीहरुलाई आफू आर्थिक समस्यामा रहेको बताउने गर्थे । उनले शनिबार नै मोटरसाइकलमा पेट्रोल सकिएको भन्दै साथीसँग पेट्रोल मागेका थिए । कृष्णकी धर्मपत्नी शिक्षिका हुन् । गत साता काठमाडौंमा इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक