20230227

ओली, प्रचण्ड, देउवा, माकुने देखी अरू हरू सम्म, घिनलाग्दो राजनीतिका यी खेलाडीहरू र यो व्यवस्था पूर्ण रूपमा फेल !



 अर्काको लागि खाडल खन्दा खन्दै आफैले खनेको खाडलमा आफै पनि पर्न सकिन्छ भन्ने हेक्का कसैलाई भएन । आफैले बुनेको जालमा आफै पनि पर्न सकिन्छ, आफैले थापेको एम्बुसमा आफै पनि पर्न सकिन्छ भन्ने हेक्का कसैलाई छैन । ढोक्सै ढोक्सा थाप्ने, अरूलाई पार्ने, आफै पनि जाकिँदै आएका ओली, प्रचण्ड, देउवा, माकुने देखी अरू हरू सम्म, घिनलाग्दो राजनीतिका यी खेलाडीहरू र यो व्यवस्था पूर्ण रूपमा फेल भैसकेका छन् । 

अहिले सिनमा रहेका सबै जसो उही ड्याङका मुला मात्रै साबित भैसकेका छन् । फरक केबल नेताका अनुहार र पार्टीका नाममा मात्र छ, चरित्रमा छर्लङ्ग देखि सकियो किसी से कोही कम नही हे । 

उसले उसलाई, उसले उसलाई सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै देश नै ढोक्सामा पारिसके । अब मन्त्री परिषद् बैठकमा भारतीय राजदूत राखेर उसले भने अनुसार मन्त्री परिषद्ले निर्णय गर्न मात्र बाँकी छ तर अहिलेका हरेक निर्णयमा लैनचौर हाबी नै छ उसकै चाहना अनुसार भएका छन् । 

सुन्दा आश्चर्य नमान्नुहोला - प्रधानमन्त्री, मन्त्री, राजदूत बनाउन मात्र होइन सचिव, सहसचिव, सिडिओ, एस.पी, देखी जिल्ला तहका प्रमुखहरू सम्म सरुवा, बढुवा, पदस्थापनमा लैनचौर हाबी छ । अरू ठुला निर्णय मा के कुरा बाँकी भो र ! 

ओली, प्रचण्ड, देउवा, माकुने देखी अरू हरू सम्म, घिनलाग्दो राजनीतिका यी खेलाडीहरू धेरै जसो नेतृत्व सत्तरी काटिसकेका छन्, उनीहरू लाई त केही नबित्ला, फरक खासै नपर्ला तर लामो भविष्य बाँकी भएकाहरू देखी नेपाली रहिरहन भइरहन मन छ भने नेपालीहरूले छातीमा हात राखेर सोच्ने बेला भैसकेको छ । 

हेक्का रहोस् यो व्यवस्था, प्रणाली र वर्तमान संविधान रहे सम्म हुने यस्तै नै हो । देश र माटो सुहाउँदो आफ्नै मोडलको व्यवस्था र संविधान तिर लाग्न ढिलो गरियो भने गुड्न र उड्न लाई टिकट हेर्दै गरे हुन्छ । देश देश रहेन परदेश जस्तै भैसकेको छ । सत्य कुरा तितो लाग्न सक्छ तर यो वास्तविकता हो चेतना भया !                    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक