20230206

टर्की र सिरियाको ठूलो भूभागमा शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाए, खोज तथा उद्धार कार्य जारी


 टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ। दुवै भूकम्पका कारण २,३०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।



टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए। उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। द्वन्द्व प्रभावित उत्तरी सिरियामा मात्रै हालसम्म ८०० जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो। टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।”

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।

टर्कीको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेपछि विभिन्न देशले सहयोगको वाचा गरेका छन्। कतिपय देशहरूबाट खोज उद्धार र राहतका लागि सहयोग परिचालन गरिएको विवरण प्राप्त भएको छ।

भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

भूकम्पपछि परकम्पहरू पनि महसुस गरिएका विवरण आएका छन्।

भूकम्पको केन्द्रबिन्दु रहेको गाजीयान्टेपमा रहेको दुई हजार वर्षभन्दा पुरानो गाजीयान्टेप कासलका अधिकांश हिस्सामा क्षति पुगेको छ।

दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

गाजा स्ट्रिपमा रहेका बीबीसीका एक कार्यक्रम उत्पादक रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए।

टर्कीका भूकम्पविद्ले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्।

उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आईएफआरसीले विश्व विपद् प्रतिवेदन २०२२ नेपालमा पनि सार्वजनिक गरेको छ।

रिपोर्ट सार्वजनिक गर्नका लागि आईएफआरसीका महासचिव जगन चापागाईँ नेपाल आएका छन्। - BBC

टर्कीको भूकम्पले निम्त्याएको विध्वंशका तस्वीर

टर्की भूकम्प

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,

क्षतिग्रस्त भवनहरूका भग्नावशेषभित्र मानिसहरू हुनसक्ने आशङ्कामा दियारबकरमा खोजी कार्य जारी छ

टर्की भूकम्प

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,

गाजीयान्टेपको पूर्वोत्तर मालाट्यामा भूकम्पका कारण भवनहरू भत्कँदा कारहरू थिचिएका थिए

टर्की भूकम्प

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,

भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या निकै बढ्न सक्ने अनुमान गरिएको छ

टर्की भूकम्प

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

भूकम्पपछि टर्कीले सङ्कटकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ

टर्की भूकम्प

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

उत्तरी सिरियाको हामा शहरमा भूकम्पका कारण कैयौँ घरहरू ध्वस्त भएका छन्

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक