20230208

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले दिए चलचित्र बिकास बोर्डको अध्यक्ष बाट राजीनामा, किन आयो यो राजीनामा ??

 नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले चलचित्र बिकास बोर्डको अध्यक्ष बाट राजीनामा दिंदै निकालेको बिज्ञप्ति जस्ताको तस्तै तल प्रस्तुत छ : 

"बिज्ञप्ति

 बिषय :   बोर्ड सल्लाहकार बाट "राजिनामा "  बारे !                                                चलचित्र बिकाश बोर्ड को गरिमामय पदमा मलाई योग्य ठानेर नियुक्ति गर्नुहुने,, बिकाश बोर्ड अध्यक्षज्यु, आदरणीय संयोजक ज्यु,सहमति गर्ने, सन्चार तथा सुचना प्रविधि सचीव ज्यु,  तथा चलचित्र बिकाश बोर्ड का सम्पूर्ण मित्रहरू प्रती  पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु । मेरो यो राजिनामा कोहि,कसै  संग ब्यक्तिगत मनमुटाव को कारण हैन,श्रीमान अध्यक्ष ज्यु लाई अगाडि नै जानकारी दिएर गरिएको राजीनामा हो,:र म कुनै पनि पदको लागि मात्रै लोभी छैन,, सवैको हितमा काम गर्न कृयाशिल हुन चाहने ब्यक्ति भनेर उदाहरण पेश गरेको पनि हुँ । मलाई  चित्त नबुझेका कुरा हजुरहरु समक्ष राख्नै पर्छ । समितिका संयोजक आदरणीय श्री नीर शाह ज्यु लगायत हाम्रो समितिले धेरै राम्रा कामहरुका सल्लाह सुझाव पनि दिएको थियो,, कार्यान्वयन हुन सकेन,, अनि बिगत केही महिना यता बोर्ड का तर्फबाट धेरै विवादित कामहरु पनि हुँदै आएकाछन त्यसमा सल्लाहकार समिती सँग कुनै रायसल्ल्लाह लिएको पनि हैन, अझै कतिले मैले बोर्ड बाट यातायात सुबिधा, दैनिक भत्ता लगायत का

सुबिधा लिएको आरोप पनि लगाउन थालेछन, म जिवनभर चलचित्रकर्मी र नेपाली चलचित्रका हितका लागि अहोरात्र  खट्न चाहने ब्यक्तिलाइ "पद मात्रै ओगटेर चुपचाप मात्रै बस्नु पर्ने बाध्यता लाई त्याग्न चाहें । अनाहकमा जिवनका ४४ बर्षे कला यात्रा मा कुनै दाग नलागेको ब्यक्ति  गौरवान्वित  महसुस गर्दै हिडेको ब्यक्ति फेरि त्यस्मा पनि अहिले चलचित्र कलाकार संघ FAAN को साधारणसभा मा पनि खटिनु पर्ने कारणले मैले सो गरिमामय पदबाट २०७९/१०/२२ गते, रवीवार कै दिनमा राजीनामा दिएको सवैमा जानकारी गराउदछु । निर्णय जे गरे, हजुरहरुले बुझ्नुहोस,, त सदैव नेपाली चलचित्र र चलचित्रकर्मि ,समाजकै लागि जीवन समर्पित गरेको छु धन्यवाद !" 

- चलचित्रकर्मी रवीन्द्र खड्का,

  पनौती, ९, काभ्रेपलान्चोक


अध्यक्ष रबीन्द्र खड्काका केही सान्दर्भिक स्टाटस हरु आँफै यसरी समाचार बोल्छन ! 






अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक