20230222

ग्यास चुहिएर आगो लाग्दा घाइते हुनु भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

  ग्यास चुहिएर आगो लाग्दा घाइते हुनु भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सांसद भण्डारीलाई आजबाट मुखबाट खाना खुवाइएको वहाँका बिशेष सहयोगी योगराज शर्मा कंडेलले बताउनुभएको छ । उहाँको प्रेसर मास्क अक्सिजन ५ लिटरमा झारिएको छ । भोलिसम्म यही प्रकृया रहने चिकित्सक प्रशान्त महाराणेले जानकारी दिनुभएको छ । भण्डारीका  स्वास्थ्य सम्बन्धि सबै पारामिटरहरु नर्मल रहेको डाक्टर महाराणेल बताउनुभएको जानाकारी भण्डारीसँगै भारतमा रहनुभएका कंडेलले दिनुभएको छ ।

सामाजिक सञ्जालमा भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न टिप्पणीहरु आएपछि चिकित्सकहरुले नै उहाँको उपचाररत अवस्थाको फोटो सार्वजनिक गर्न अनुमति दिएको पनि कंडेलले जानकारी दिनुभएको छ । कम्तिमा २१ दिन सम्म ग्राफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटघाट गर्न दिने अस्पतालले जनाएको छ ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक