20230301

रेल दुर्घटना : रेल एक आपसमा ठोक्किंदा मृत्यु हुनेको संख्या ३६


 ग्रीस / उत्तरी क्षेत्र लरिसा सहर नजिकै दुईवटा रेल एक आपसमा ठोक्किंदा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । दर्जनौं घाइते भएका छन् । करिब ३ सय ५० यात्रु बोकेको एक यात्रुवाहक सेवाले मालवाहक रेललाई ठक्कर दिएको बताइएको छ । यात्रुवाहक रेलका पहिलो दुई डिब्बाहरु पूरै जलेर आगो लागेको ग्रीसको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रेलवे युनियनका प्रमुखले स्थानीय मिडियालाई बताए अनुसार दुर्घटना के कारणले भयो भन्ने अझै खुल्न सकेको छैन । ग्रीसमा हालैका वर्षहरुमा भएको यो सबैभन्दा घातक रेल दुर्घटना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक