20230415

जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण, प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण

जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो । वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । उनीहरुतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो । सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । एउटा बन्दरगाहमा भिषण विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ। जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक