20230407

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि एक जनाले फेरि आत्मदाहको प्रयास गरे, प्रहरीद्वारा उद्दार

  काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि एक जनाले फेरि आत्मदाहको प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार आत्मदाहको प्रयास गर्नेमा ५३ वर्षका विवाहित पुरुष रहेका छन्। उद्दार गरेर अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने उनको पहिचान खुलिनसकेको प्रहरी जनाएको छ । 

प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए। सोही बेला प्रहरीले ती व्यक्तिलाई उद्दार गरेको हो । यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक