20230420

रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचियो, घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु !


 रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन सकिरहेको छैन । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएकाे छ । साथै घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक