20230428

नेपाल बाहिर पहिलो नेपाली बित्तिय संस्था ( बैँक ) एभरेष्ट फेडेरल क्रेडिट युनियनको दोश्रो साधारण सभा भर्जिनियामा आउँदो मे २७ तारिख हुने, सदस्य बन्न अमेरिकामा रहेका सबै नेपालीहरुलाई EFCU को अनुरोध

नेपाल बाहिर पहिलो नेपाली बित्तिय संस्था ( बैँक ) एभरेष्ट फेडेरल क्रेडिट युनियन EFCU को दोश्रो साधारण सभा भर्जिनिया को मनासस शहर मा आउँदो मे २७ तारिख हुने भएको छ । सो का लागि शेयर सदस्य, बैँक खाता खोल्ने अभियान तिब्र रुपमा अगाडि बढेको छ । एक हजार भन्दा बढी सदस्य बनिसकेको यो बैँकको सदस्य सँख्या छिट्टै २५०० भन्दा बढी बनाउने लक्ष्य राखिएको छ । यसको बारेमा बुझ्न, सदस्य बन्न अमेरिकामा रहेका सबै नेपालीहरुलाई EFCU को बोर्ड र दोश्रो साधारण सभा भर्जिनियाको मनासस शहरमा आयोजना गरेको आयोजक समितिले सबैमा अनुरोध गरेको छ । 
 
यसै बिच अमेरिकामा नेपाली लगानीकर्ताहरुको पहलमा स्थापना भएको यो एभरेष्ट फेडेरल क्रेडिट युनियनले आउँदो आइतबारबाट टेक्ससमा कारोवार सुरु गर्ने तयारी गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइटमा केन्द्रीय कार्यालय रहेको क्रेडिट युनियनले शाखा विस्तारको क्रममा पहिलो पटक ड्यालसमा कारोवार सुरु गर्न लागेको हो । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने युलेसमा आइतबार दिउँसो १ बजे शाखाको उद्घाटन हुने EFCU संस्थापक मोहन ज्ञवालीले जानकारी दिए । युलेसमा भरखरै निर्माण सम्पन्न भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) को भवनमा क्रेडिट युनियनको शाखा रहनेछ । केन्द्रका भवनमा रहेका केही बिजनेस सुइटहरुमध्य हालका लागि एउटा कोठा भाडामा लिएर शाखा सञ्चालनमा ल्याउन लागिएको ज्ञवालीले जानकारी दिए ।



क्रेडिट युनियनले स्थानीय समुदाय, व्यवसायीहरुलाई बिना धितो कर्जा लगानी गर्ने, वचत गर्ने गरीशाखा सञ्चालनमा ल्याउन लागेको हो। युनियनमा खाता खोल्नेलाई निःशुल्क जीवन बिमाको सुविधासमेत प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ । बिना धितो सानोतिनो रकमको कर्जा प्राप्त गर्न सकिने, वचतमा व्याज र बोनस समेत प्राप्त हुने कारणले अमेरिकी समुदायमा क्रेडिट युनियनप्रति चासो बढ्दै गएको छ । एभरेष्ट क्रेडिट युनियनले ड्यालसमा शाखा खोलेपछि निकट भविष्यमा डिसी मेट्रो एरिया, क्यालिफोर्निया लगायतका बिभिन्न स्थान हरुमा पनि शाखा खोल्ने योजना बनाएको छ ।
डिसी मेट्रो एरिया, आसपास र अमेरिकाका जुन सुकै ठाउँंमा रहनुभएका नेपालीहरुलाई पनि EFCU को मेम्बर बन्न हितकर नै देखिन्छ ।  



 



 




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक