20230504

अन्तर्राष्ट्रिय फौजदारी अदालत द हेगमा बोल्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अपराधिक कार्यको लागि दण्डित गर्न आग्रह

 
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अपराधिक कार्यको लागि दण्डित गर्न आग्रह गरेका छन । अन्तर्राष्ट्रिय फौजदारी अदालत द हेगमा बोल्दै युक्रेनका जेलेन्स्कीले कथित युद्ध अपराधको लागि पुटिनलाई कारबाही गर्न र युद्ध न्यायाधिकरणको स्थापना गर्न आग्रह गरेका हुन । अन्तर्राष्ट्रिय फौजदारी अदालतले कथित युद्ध अपराधको आरोपमा पुटिनलाई पक्राउ पुर्जी जारी गरिसकेको छ । यता, क्रेमलिन ड्रोन आक्रमणमा सुरुमा रुसले कीभलाई आरोप लगाएपनि युक्रेनले त्यसलाई अस्वीकार गरेपछि रुसले सो आक्रमणको आरोप अमेरिकालाई लगाएको छ ।

अमेरिकाले भने सो विषयमा अझै कुनै प्रतिक्रिया दिएको छैन । त्यस्तै, जेलेन्स्कीले अन्तर्राष्ट्रिय फौजदारी अदालतको भ्रमणको क्रममा डच प्रधानमन्त्री मार्क रुटलाई भेट्ने कार्यतालिका समेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक