20230508

शीर्ष नेताहरू सहमतिमै भ्रष्टाचार गर्छन र विवाद निस्के सहमतिमै सल्ट्याउँछन : अर्बौं भ्रष्टाचार काण्डमा शीर्ष नेता किन तानिँदैनन ? देउवा, ओली र प्रचण्ड तानिने यस्ता छन् ठूला काण्ड !

१३ चैत २०७९ मा नक्कली भुटानी शरणार्थी बनाएर ८ सय ७५ नेपालीलाई अमेरिका पठाउने खेलोफड्कोमा पूर्वमन्त्रीहरू नै सक्रिय रहेको रहस्य खुल्यो । झण्डै १ अर्ब रुपैयाँ कारोबार हुने गरी भएको यो चलखेलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू जोडिएका छन् । अनि, कानुन कार्यान्वयन गराउने गृह मन्त्रालय हाँक्ने जिम्मा पाएका मन्त्री नै यो काण्डमा मुछिएका छन् । यसले उनीहरूको भ्रष्ट चरित्र मात्र उदाङ्गो बनाएको छैन, अन्तर्राष्ट्रिय समुदायमा नेपालको साखसमेत ध्वस्त बनाइदिएकाे छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक