20230529

एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को दोस्रो वार्षिक सभा अमेरिकाको भर्जिनिया मनासस सहरमा भव्य रूपमा सम्पन्न

 नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा नेपालीहरूका लागि स्थापना भएको वित्तीय संस्था ( बैङ्क ) एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को दोस्रो वार्षिक सभा अमेरिकाको भर्जिनिया मनासस सहरमा भव्य रूपमा सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा करिब ३ मिलियन डलर डिपोजिट र सयौँ खाता खोल्ने जस्ता महत्त्वपूर्ण काम शुरुवात पनि भएका छन् । 

अमेरिका स्थित नेपाली राजदुताबासका डेपुटी चिफ अफ मिसन कुमार खरेल, एकोनोमिक काउन्सिलर होमकान्त भण्डारी, मेरिल्यान्ड डेलिगेट्स ह्यारी भण्डारी, एन आर एनका तर्फबाट रबिना थापा, डा. केशव पौडेल देखी विभिन्न पदाधिकारीहरू, अमेरिकामा रहेका व्यवसायीहरू देखी विभिन्न क्षेत्रका अगुवाहरू गोविन्द मैनाली, डा. मदन उप्रेती, डा. भगवान कोइराला, राधेस पण्डित, रामप्रसाद खनाल, कृष्ण पन्त, डा. मिलन पौड्याल लगायतका व्यक्तित्वहरूले नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा स्थापना भएको वित्तीय संस्था एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को बारेमा प्रकाश पार्दै यसलाई अझ प्रभावकारी बनाउँदै अगाडि लैजानु पर्ने, र त्यसका लागि आफूहरू साथ र सहयोगका लागि तयार रहेको बताउनुभयो । कैयौँले सोही अवसरमा आफ्ना बिजनेस अकाउन्ट खोल्ने देखी डिपोजिट गर्ने सम्मका कामको सुरुवात पनि गर्नुभयो । 

कार्यक्रममा एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत बिराज रिजालले एभरेस्ट फेडेरल क्रेडिट युनियनको सुरुवात देखी अहिले सम्मका गतिविधि र यसको अवस्था बारे कार्यपत्र पेस गर्नुभयो । 

एभरेस्ट फेडेरल क्रेडिट युनियनका अध्यक्ष मोहन ज्ञवालीले नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा नेपालीहरूका लागि स्थापना भएको वित्तीय संस्था ( बैङ्क ) एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को दोस्रो वार्षिक सभा अमेरिकाको भर्जिनिया मनासस सहरमा भव्य रूपमा सम्पन्न हुँदै गर्दा यसले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै यसमा जोडिन, यसलाई अगाडि बढाउन अमेरिकामा रहेका सबै नेपालीहरू लाई आह्वान गर्नु भयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च का अध्यक्ष एवम् एभरेस्ट फेडेरल क्रेडिट युनियनका संस्थापक सदस्य रामप्रसाद खनालले एभरेस्ट फेडेरल क्रेडिट युनियनको गीत प्रस्तुत गर्नुभएको थियो ।      

दोस्रो वार्षिक सभाका कन्भेनर राम चन्द्र खरेलले उपस्थित सबैलाई स्वागत गर्दै एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को दोस्रो वार्षिक सभा कोशे ढुङ्गा साबित हुने मा आफू विश्वस्त रहेको बताउनुभयो । सचिव डिल्ली भट्टराई र सुरेश अधिकारीले सञ्चालन, परशुराम भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा साधारण सभा, नयाँ बोर्डको निर्वाचनका पनि सम्पन्न भएको थियो । नयाँ बोर्ड छानिए पनि नयाँ बोर्डले नयाँ कार्यकारी समिति निर्माण गर्ने काम अब हुने छ । 

सोही अवसरमा सांस्कृतिक र साहित्यिक कार्यक्रम को पनि आयोजना गरिएको थियो जसमा रामप्रसाद खनाल र यम बरालले आफ्ना बिभिन गीतहरू प्रस्तुत गर्नुभएको थियो भने कविहरूका कविता पनि वाचन भएका थिए । कृष्ण धराबासी, सुदीप भद्र खनाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, मञ्जु बिमली, कवीन्द्र सिटौला, कमल भुसाल, गुणराज लुइँटेल, सुनिता खत्री, पुरु सुबेदी, डा. गोपी उप्रेती, बिराज रिजाल, चन्द्र विष्ट, राम चन्द्र खरेलका कविता र गजल पनि प्रस्तुत गरिएका थिए । 

एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को दोस्रो वार्षिक सभाको घोषणा पत्र सहित नयाँ बोर्ड को अपडेट आउँदै छ प्रतिक्षा गर्नुहोला ।  

कार्यक्रमका केही तस्विरहरु :

                                                   









एभरेस्ट फेडेरल क्रेडिट युनियन ( Everest Federal Credit Union - EFCU) को गीत

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक