20230519

G7 शिखर सम्मेलनका लागि जापानको हिरोशिमामा भेला भएका नेताहरु रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमत

Photo Susan Walsh/Pool/AP
 G7 शिखर सम्मेलनका लागि जापानको हिरोशिमामा भेला भएका नेताहरु रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमत भएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै रुसको युद्दलाई परास्त गर्न सहमत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । जेलेन्स्की जापान जानु भन्दा पहिले साउदी अरेबियामा अरब लीग शिखर सम्मेलनमा सहभागि हुने बताइएको छ । रुस युक्रेन युद्द सो शिखर सम्मेलनको शीर्ष एजेन्डा बनेको छ । रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि अमेरिकाले प्रतिबन्धहरू थप गरेको छ भने बेलायतले रूसी हीरामाथि प्रतिबन्ध लगाएको छ । 

जलवायु परिवर्तन, खाद्य सुरक्षा, स्वास्थ्य र आणविक निशस्त्रीकरणका विषयमा पनि शिखर सम्मेलनमा छलफल हुने बताइएको छ । G7 मा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई पनि आमन्त्रित गरिएको छ ।

उता अरब लिगको बैठकका लागि सिरियाका राष्ट्रपति बसर अल असद साउदी अरब पुग्नुभएको छ । सिरिया अरब लिगको सदस्यका रुप पुन स्थापित भएपछि साउदी अरबको जेद्धामा आज हुने सम्मेलनमा असदले सहभागिता जनाउन लाग्नुभएको हो । सन् २०११ मा विपक्षीको प्रदर्शन तथा युद्धका कारण अरब लिगबाट सिरियालाई हटाइएको थियो ।

अरब क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्ने प्रयासमा असदको साउदी भ्रमण महत्वपूर्ण हुने विश्वास ब्यक्त गरिएको छ । सिरियाको युद्धमा विपक्षीको समर्थन गरेको साउदी अरबले असदलाई सत्ताबाट हटाउने प्रयास गरेपनि सफल हुन सकेन । सिरियामा जारी युद्ध अन्त्यका लागी पछिल्लो केही महिना देखी साउदी अरबले वार्ताको प्रस्ताव गरीरहेको छ ।

युद्धका कारण सिरियामा ५ लाखको मृत्यु भएको छ । भने आधा सिरियाली विस्थापित भएका छन् । गत फेब्रअरीमा सिरिया र टर्कीलाई केन्द्र विन्दु बनाएर भुकम्प गएपछि नै अरब लिग राष्ट्रले सिरियालाई सहयोग गर्ने वातावरण बनाएका हुन् । अरब क्षेत्रमा शान्ति स्थापनाका निम्ति साउदीले इरानसंग समेत कुटनितिक सम्बन्ध पुन स्थापित गरेको छ । यमनमा जारी युद्ध अन्त्यका लागी वार्ता भैरहेका छन् । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक