20230612

फिलिपिन्सको उत्तर–पूर्वी क्षेत्रमा विष्फोट भएको मेयोन नामक ज्वालमुखीबाट लाभा निरन्तर निस्किरहेपछि १३ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो


फिलिपिन्सको उत्तर–पूर्वी क्षेत्रमा विष्फोट भएको मेयोन नामक ज्वालमुखीबाट लाभा निरन्तर निस्किरहेपछि १३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लाभा निस्किएको भन्दा ६ किलोमिटर दूरी परको स्थानमा प्रभावित स्थानीयलाई स्थानान्तरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । ज्वालामुखी निस्किएको एक सातापछि मात्र खतराको जोखिम रहेको भन्दै स्थानीयलाई स्थानान्तरण गरिएको हो ।


आउने दिनमा समेत लाभा निस्कने क्रम जारी रहेको अवस्थामा ज्वालमूखी विष्फोट भएको स्थान आसपासबाट अन्य धेरैलाई उद्धार गर्नुपर्ने फिलिपिन्सका ज्वालामुखी विशेषज्ञले बताएका छन् ।

यसअघि सन् १८१४ मा विष्फोट भएको ज्वालामुखीका कारण फिलिपिन्समा १ हजार २ सयको मृत्यु भएको थियो । त्यसपछि सन् २०१३ र २०१८ मा भने मृत्यु हुनेको संख्या पहिलेको तुलनामा कम भएको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक