20230613

सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक, समुदायका बालिकाहरु झनै जोखिमा

काठमाडौं । सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रमम आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमद समशुल हक तथा गैरसरकारी संस्था हामी दाजु भाइका महासचिव अशोक शिवाकोटीले संयुक्त रुपमा आधार पत्र  सार्वजनिक गरेकाहुन । कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले आवश्यक स्रोत साधनको अभावमा बालबालिकाको क्षेत्रमा काम गर्न नसकेको बताए । यस्तै मुस्लिम आयोगका सदस्य हकले सीमान्तकृत समुदायका वयस्क व्यक्तिहरु नै समस्यामा पर्ने गरेको भन्दै यस्तो समुदायका बालिकाहरु झनै जोखिमा रहेको बताए । 

मुस्लिम आयोगका अर्का सदस्य अलीले सीमान्तकृत समुदायका बालिकाको हक अधिकार सुनिश्चित गर्न आफूहरुले सक्दो गर्ने प्रतिवद्धता पनि जनाए । राज्यले आयोगलाई छुट्याउने बजेटमा ब्यापक रुपमा कटौती गरेका कारण पनि सिमान्तकृत बालिका तथा किशोरीहरूका लागि कार्यक्रम सञ्चालन गर्न नसकिएको गुनासोसमेत गरेका थिए ।

प्लान इन्टरनेशनलको सहयोगमा हामी दाजु भाइका लागि यो आधार पत्र प्रणिका कोयु र रुक्मणी महर्जनले तयार पारेका हुन् । 

कोयुले आधारपत्र तयार पार्ने क्रममा सीमान्तकृत समुदायका केहीसँग भेटघाट गरेको जानकारी दिँदै सीमान्तकृत समुदायका बालिका आफ्नो अधिकारबाट वञ्चित रहेको पाइएको बताइन् । 

दाजु भाइका महासचिव अशोक शिवाकोटीले अधिकार विहीन बालिकाहरूको अधिकार सुनिश्चित गर्नका लागि यो आधार पत्रले सरोकारवाला निकायलाई दबाव दिने विश्वास व्यक्त गरे । 

हामी दाजुभाइ नेपालमा लैङ्गिक समानताका लागि विशेष गरी पुरुष र पुरुषत्व, लिङ्ग र लैङ्गिकताका बारे पुरुष तथा बालकहरुसंग समेत काम गर्दै आएको सामाजिक संस्था हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक