20230623

थाहा दर्शनका अभियन्ताका रुपमा परिचित स्वर्गीय रुपचन्द्र बिष्टको २४औं स्मृति दिवस सम्पन्न

 रुपचन्द्र बिष्ट स्मारक समिति नेपालको आयोजना तथा मकवानपुरे समाज काठमाण्डूको प्रायोजनमा थाहा दर्शनका अभियन्ताका रुपमा परिचित स्वर्गीय रुपचन्द्र बिष्टको २४औं स्मृति दिवस सम्पन्न गरिएको छ । स्व. बिष्टको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा रुपचन्द्र बिष्ट स्मारक समिति नेपालका अध्यक्ष तथा पूर्व राष्ट्रीय सभा सदस्य रामनारायण बिडारीको सभापतित्वमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी,नेकपा एमालेका प्रदेश सचिव बिजय सुबेदी, नेकपा माओवादीकी नेतृ शसी श्रेष्ठ त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक चिरंजीवी खनाल तथा परराष्ट्रबिद् एवं राजनितज्ञ हिरण्यलाल श्रेष्ठको आतिथ्यताका साथै सयौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।


उक्त कार्यक्रममा मकवानपुरे समाज काठमांडूका अध्यक्ष अरुण गुरुंगद्वारा सहभागी हरुलाइ स्वागत मन्तव्य राखिएको थियो । स्वागत मन्तव्यका क्रममा समाजका अध्यक्ष गुरुंगद्वारा रूपचन्द्र बिष्टको जनमुखि सक्रियताको चर्चा गर्दै उनि सिंगो युगको प्रतिनिधि रहेको उल्लेख गरेका छन् । कार्यक्रममा नेकपा एमालेका नेता बिजय सुबेदीले आफ्नो भूमिगतकालमा रूपचन्द्र बिष्ट संग संगत भएको र उक्त समयमा आफू स्वर्गीय बिष्टको अनुयायि भएर फर्किएको उल्लेख गर्दै जनता जाननीय नभइ तीनका प्रतिनिधि माननीय हुन सक्दैनन् त्यसैले जनता जगाउने आफ्नो अभियान निरंतर जारी रहने भन्ने बिष्टका आदर्श जीवन्त रहेको उल्लेख गरेका छन् ।


उक्त कार्यक्रममा राजनितिज्ञ तथा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठले संयोगबश आफूले स्वर्गीय रूपचन्द्र बिष्टको बिरुद्धमा चुनाव लड्नु परेको प्रसंग उल्लेख गर्दै रुपचन्द्र बिष्टले दामनमा स्थापना गरेको भ्यू टावर बाट नेपालको हिमसृंखलाका अध्ययन गरि हिमालय रेन्जको गहिरो अध्ययन गर्नुका साथै खगोलीय अध्ययन समेत गरि उनले धर्ति र आकाशका बारेमा बिशेषज्ञता हासिल गरेका एक कुशल र योग्य ब्यक्तित्व तर समयले चिन्न नसकेका राजनीतिज्ञ रहेको चर्चा गरेका छन् । यसैक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले रुपचन्द्र बिष्टको निष्पक्ष सक्रियताको अभ्यासका बारेमा चर्चा गर्दै आफू स्वास्थ्य मंत्री रहेको बेलामा जागिरका लागि सिफारीश गर्ने क्रममा यो पत्रबाहक भन्दा अरु कोही बढी योग्य भएमा त्यहि योग्यलाइ अरुभन्दा पत्रबाहक योग्य भएमा उसैलाइ जागिर दिनु भन्ने सिफारीशको प्रसंग उल्लेख गर्दै रूपचन्द्र बिष्ट बास्तवमै जनमुखी र निष्पक्ष सक्रियताको अभ्यासका प्रतिक रहेको बताएका छन् ।



कार्यक्रममा बोल्दै नेकपा माओवादीकी नेतृ शशी श्रेष्ठले कुनैबेला बिष्टको दामन पालुंमा उब्जिएको अन्न तरकारी आफ्नोमा आउने प्रसंग उल्लेख गर्नुका साथै आफ्नो आश्रय नभएको बेलामा आश्रय प्रदान गरिएकोले बिष्ट संगको सम्बन्धका कारण पनि यो कार्यक्रम छुटाउन नसकेको उल्लेख गर्दै रुपचन्द्र बिष्टले बताउने गरेको शासक निर्दलीय अनि ब्यवस्था बहुदलीय हुनुपर्ने प्रसंग उल्लेख गर्दैगर्दा कतिपय बिषयमा बेलाबेलामा राष्ट्रपतिको भूमिका प्रयोगका सवालमा दलबिहिन भूमिका नदेखिनु दुखद रहेको बताएकी छन् ।


कार्यक्रमका सभापति तथा पूर्व राष्ट्रीय सभाका सदस्य एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संभ्रान्त परिवारमा जन्मिएर पनि पारीवारमा बिद्रोह गरि कलिलो उमेरमै जनता जगाउने महान कर्ममा होमिएका रुपचन्द्र बिष्टको निष्पक्ष सक्रियताको अभ्यासको मूल मर्म अनुसारको कर्म गर्ने ब्यक्तिको खोजी हिजोको मात्रै नभइ आजको समेत आवश्यकता रहेको उल्लेख गर्दै जनताको मस्तिष्कमा अग्रगामी कदम,समानता न्याय र बिभेदरहित समाजको निर्माण गर्नु नै जनमुखी राजनिती रहेको र त्यसका लागि निष्पक्ष सक्रियताको अभ्यास रूपचन्द्र बिष्टले जीवनभर गरेको उल्लेख गर्दै रुपचन्द्र बिष्टले आममानिसमा जागरणको बीजारोपण गराएका हुन् तर ती सवै जाली फटाहाका लागि प्रयोग भएकाले अझै लक्ष्य प्राप्ति नभएको बताएका छन् ।युग पाठक द्वारा संचालन गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो

⁃ जयराम बिडारी

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक