20230607

युक्रेन : एक हजार मानिसलाई उद्धार गरी शिविरमा

 युक्रेनको खेरसन राज्यस्थित क्षतिग्रस्त बाँधबाट प्रभावित हजारौं मानिसलाई अन्यत्र सार्नु पर्ने भएको छ । बाँध फुट्दा आसपासका ८० शहर र गाउँलाई अन्यत्र सार्नुपर्ने अवस्था आएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले बताउनुभएको छ । दिनिप्रो नदिमा ठुलो बाढिको खतरा समेत बढेको छ । सो बाँधमा रुसले नोक्सानी पुर्‍याएको युक्रेनले दाबी गरेपनि मस्कोले भने अस्विकार गरेको छ । युरोपको सबैभन्दा ठुलो जापोरिजिया आणविक केन्द्र देखी रुस नियन्क्रित त्राइमियामा समेत सो बाँधको पानी प्रयोग हुंदै आएको थियो । युक्रेन सरकारको स्वामित्वमा रहेको जलविद्युत आयोजनाको बाँध भत्किदा विद्युत उत्पादनमा समेत प्रभाव परेको छ । बाँधको पानीलाई जापोरिजिया आणविक केन्द्रको चिस्यानका लागी प्रयोग गरिदै आएको थियो ।

यद्यपी बाँध फुटेका कारण आणिवक खतरा भने तत्कालका लागी नरहेको अन्तराष्ट्रिय आणविक केन्द्रले जनाएको छ । युक्रेन सरकारले बाढिको खतरा रहेको भन्दै ४० हजार मानिसलाई अन्यत्र सार्नुपर्नेछ । जसमध्य २५ हजार रुसको कब्जामा रहेको क्षेत्रमा वसोवास गरीरहेका छन् । हाल सम्म एक हजार मानिसलाई उद्धार गरी शिविरमा राखिएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक