20230622

सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो

 सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले तत्कालका लागि सो निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको हो । सरकारको निर्णयपछि उपप्राध्यापक चलाउने आमरण अनसनमा बस्नुभएको छ । त्रिभुवन विश्वविद्यालय परिसरमै चलाउनेलाई २०७७ असोज २० गते कांग्रेस भ्रातृसंगठन नेविसंघका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक