20230720

अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो अवैध सुन फेलापरेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको म्याद थप, अनुसन्धान गर्न छानबिन समिति गठन

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणबारे छानबिन गर्न भन्सार विभागले ७ सदस्यीय समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको विभागको सूचना अधिकारी पूण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो । अनुसन्धानका लागि जाँचपासमा संलग्न केही कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको झन्डै एक सय किलो सुन राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा अस्ति मंगलबार साँझ बरामद गरिएको थियो ।

सुन बरामद गरिएको घटना हिजो साँझ सार्वजनिक भएको हो । यसैबीच सुन बरामद भएपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको खोजी भइरहेको बताइएको छ । 

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो अवैध सुन फेलापरेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको म्याद थप गरिएको छ। पक्राउ परेका ६ जनालाई १० थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले पाटनले राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो। राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको थियो।

बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए । बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक