20230715

भारतको दक्षिणी तटिय क्षेत्र अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयान ३ प्रक्षेपण

 भारतले चन्द्रयान–३ मिसनको सफल प्रक्षेपण गरेको छ । भारतको दक्षिणी तटिय क्षेत्र अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयान ३ प्रक्षेपण गरेको छ । प्रक्षेपण पश्चात् भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले मिसन सफल भएको प्रतिक्रिया दिनुभयो ।

चन्द्रयान–३ मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने सोमनाथको भनाइ छ । इसरोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ । सही समय र अनुकुलन अवस्था भएपछि चन्द्रयानको रोभरलाई चन्द्रमामा अवतरण गराउने इसरोले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अगस्ट २३ मा अवतरण गराउने इसरोको योजना छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक