20230814

कहिलै ननिदाउने शहर अमेरिकाको न्युयोर्कमा छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड भब्य रुपमा सम्पन्न

 कहिलै ननिदाउने शहर अमेरिकाको न्युयोर्कमा छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । फिल्म अवार्ड समारोहमा शिव श्रेष्ठ र अनमोल केसी लगायत नेपाली फिल्म क्षेत्रमा २० जनालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । छैठौं एटीए एभरेष्ट फिल्म लाइफटाइम अचिभमेन्ट अवार्ड बरिष्ठ कलाकार शिव श्रेष्ठले पाएका छन् । सर्वोत्कृष्ट अभिनेताका लागि स्टार अफ दर इयर अवार्ड अनमोल केसीले पाएका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीका लागि स्टार अफ दर इयर अवार्ड स्वस्तिमा खडकाले पाएकी छिन् ।


सर्वोत्कष्ठ डायस्पोरा चलचित्रको अवार्ड शिवहरी पौड्याल निर्देशित चलचित्र लक्का जवानले र सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रेम गीत ३ ले पाएका छन् । सर्वोत्कृष्ट निर्देशकका लागि डाइरेक्टर अफ द इयर अवार्ड सन्तोष सेनले पाएका छन् भने उत्कृष्ट कोरियोग्राफरका लागि कोरियोग्राफर अफ द इयर अवार्ड शिव विकले पाएका छन् । फिल्म अचिभमेन्ट बिशेष अवार्ड नायक, निर्देशक सरोज खनालले प्राप्त गरेका छन, खनालको पछील्लो चलचित्र बगान अहिले चर्चामा छ । उत्कृष्ट प्लेब्याक गायिकाका रुपमा सिंगर अफ द इयर अवार्ड प्रविशा अधिकारीले, बेष्ट सर्पोटिङ एक्टर अवार्ड पुरुषतर्फ सुनिल थापाले र महिलातर्फ प्रियंका कार्कीले पाएका छन् ।

छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा बरिस्ठ लोक गायक एबम अन्तरास्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनाल सहितका गायक गायिका र कलाकारहरुका गीत र प्रस्तुतिहरुले कार्यक्रमलाई रोनक प्रदान गरेको थियो । सुवास बि थापालाई डायस्पोराका उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको छ । निशा पाठकलाई विशेष टोकन अफ लभ प्रदान गरिएको थियो । नारायण श्रेष्ठ, सुनिल पाठक, नारायण पुरी, पुरन जोशी र विना बुढाथोकीले अभियान श्री इन्टरनेशनल अवार्ड पाएका छन् । नेपाल फिल्म सोसाइटी अभिनन्दन अवार्ड पाउनेहरुमा अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रमदान र शिव पुरी रहेका छन् ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष एबम पुराना चलचित्र नायक, निर्माता र निर्देशक कृष्ण मल्ल, नेपाल प्रहरिका पूर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी लगायतका अग्रज कलाकार र पाहुनाहरुले बिरुवामा जल सेचन गरेर शुरु गरिएको उक्त  कार्यक्रम न्युयोर्कको क्विन्समा रहेको मेलरोज बलरुममा आयोजित थियो जहाँ  चर्चित नेपाली कलाकारहरुको बाक्लो उपस्थीति रहेको थियो । चलचित्रकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । अवार्डका अघिल्ला संस्करणहरु अमेरिकाको कोलोराडो,क्यालिफोर्निया लगायतका राज्यहरुमा भएका थिए भने यो छैठौं संस्करण हो । न्युयोर्कको कार्यक्रममा ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेन्द्र श्रेष्ठ हुन् ।

चलचित्र क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उप बिजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । अवार्ड समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको पनि उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन निशा पाठक, बिक्की पुलामी, प्रिया रानी लामा र सागरिका श्रेष्ठले गरेका थिए । 

३ घण्टा ढिलो शुरु भएको कार्यक्रममा कार्यक्रम संचालकहरुले धेरै बोल्दा कार्यक्रम अरु ढिलो भएको भन्दै सहभागीहरुले गुनासो गरेपछी बिक्किले माफि मागेका थिए ।  कार्यक्रम नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा गरेको हो । अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् । यज्ञलाल श्रेष्ठ र शैलेश श्रेष्ठ पनि उक्त नेपाली फिल्म अवार्डका आयोजक हुन । उक्त कार्यक्रम सम्पन्न गर्न आयोजक मध्येका अर्का हस्ती  चलचित्र निर्देशक नारायण पुरीको खटाइ स्मरणीय देखिन्थ्यो ।   

कार्यक्रमका केही तस्विरहरु पनि यसरी समाचार बोलिरहका छन : 

   










No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक