20230823

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु


 धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १७ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ ।

बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक