20230814

एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध, जनमत पार्टी सरकारमा सहभागि, सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने कांग्रेसको निष्कर्ष


 एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । एमालेको अवरोधका कारण आज आठौं पटक बसेको प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको हो । क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै एमालेले गत साउन १० गते यताका सबै बैठकमा अवरोध गर्दै आएको छ । बैठकको सुरुमै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । एमालेका सांसद मानविर राईले सरकारले सत्ताको आडमा प्रतिपक्षीलाई पेलेरै जान खोजेको आरोप लगाउनुभयो । उहााले उच्चस्तरीय छानविन समिति गठन नगरे संसदमा जारी गतिरोध अन्त्य नहुने अडान दोहोर्‍याउनुभयो । सभामुख देवराज घिमिरेले संसदलाई नियमति कार्यसूचीमा प्रवेश गराउन आग्रह गर्दा पनि प्रतिपक्षीको अवरोध नहटेपछि बैठक एक साताका लागि स्थगित भएको छ । संसद बैठक आगामी भदौं ३ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ । त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरण अहिले प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीले हेरिरहेको छ ।

उता जनमत पार्टीकी सांसद अनिता देवी शाहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको सपथ लिनुभएको छ । महाराजगन्जस्थित राष्ट्रपति कार्यालय शितल निवासमा साहले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । साह मन्त्रीमा नियुक्त भएसँगै सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि भएको छ । यसअघि मन्त्रिपरिषद् पुर्नगठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरीएको थियो । प्रधानमन्त्री दाहालले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेपछि जनमतबाट साहलाई मन्त्रीमा सिफारिस गरिएको थियो । 

यसैबिच सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निष्कर्ष निकालेको छ । उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध जारी राख्दा कांग्रेसले संवैधानिक निकायले छानविन गरीरहेका बेला अर्को समिति आवश्यक नभएको निष्कर्ष निकालेको हो । 

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा तीन दिन चलेको बैठकमा सांसदहरुले संसदीय गतिरोध अन्त्यका लागि विकल्पको खोजि गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए । तर, बैठकले क्विन्टल सुन तस्करीको छानविन गर्न छुट्टै संयन्त्र आवश्यक नरहेको निश्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । कांग्रेसले जारी संसद् अवरोध खुलाउन सत्तापक्ष र विपक्षी दलहरुसाग संवाद गर्ने भएको छ । लामो समयसम्म संसद् अवरुद्ध हुने कार्यलाई गैरजिम्मेवारपूर्ण भएको ठहर गर्दै कांग्रेस संसदीय दलले एमालेलाई संसद् अवरुद्ध अन्त्य गर्न आहृवान पनि गरेको छ । यस्तै, दलको बैठकले संसद्प्रति सरकार जवाफदेही हुनुपर्ने र संसद् आफैं पनि जनताप्रति जवाफदेही हुनुपर्ने निष्कर्ष निकालेको छ ।   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक