20230819

अमेरिकी टापु राज्य हवाईको माउई : आपतकालीन व्यवस्थापन निकायका प्रमुखले अचानक राजीनामा दिए, एक सय ११ जनाको मृत्यु

 दक्षिणपचिमी अमेरिकी टापु राज्य हवाईको माउई आपतकालीन व्यवस्थापन निकायका प्रमुखले अचानक राजीनामा दिएका छन् । माउईका प्रमुख रिचार्ड बिसेनले उनको राजीनामा तत्काल स्वीकृत गरेका छन् । पर्यटकीयस्थल माउई र लहाइनाका बासिन्दाले वन डढेलोको चेतावनी दिने साइरन नबजेकामा उनको व्यापक आलोलचना गर्दै आएका थिए । गत साउन २३ गतेको डढेलोले बस्तीलाई गाँज्दा एक सय ११ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

यसैबीच, राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जानुहुने भएको छ । विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आगामी  साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ ।

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय ११ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।  सबै मृतकको सनाखत हुन सकेको छैन ।  पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् । झण्डै १३ हजार घरमा क्षति भएको छ । दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको  सरकारी अधिकारीहरूले बताएका छन् ।

सङ्घीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक