20230912

आफैले आफैलाई प्रश्न गरौँ - के हामीले मरे पछि आर्यघाटमा हाम्रो दाह संस्कार गर्ने नैतिक अधिकार बाँकी राखेका छौँ त ?


 अजम्मरी कोही छैनौँ, हामी सबैले एक दिन मर्नै पर्छ, मर्दाका दिन औपचारिकताका लागि भनिने श्रद्धाञ्जली होइन, दिलै देखी जन जनले साँचो अर्थमा   श्रद्धाञ्जली दिने बाटो खनौँ । पार्टीगत झन्डा, पार्टीगत प्रदर्शन गरिने औपचारिकता, लाशका राजनीति त विगत देखी गरिँदै आएको तितो यथार्थ हामीले देखे भोगेकै छौँ तर श्रद्धाले लाश बोक्न तयार हुने जनजनका पवित्र काँधहरू तयार गरौँ । अझ एक कदम अगाडि बढेर मनन गरौँ - तपाईँ हामीले गर्ने कर्म, धर्म, सत्य र इमान्दारिताको बाटोले आर्यघाट जोडीयोस, जल्न आर्यघाट पुग्ने बाटो बिचैमै नतोडियोस । सत्य तितो लाग्न सक्छ तर सत्यले बेफाइदा गर्दैन । तपाईँ हामी सबैले आफैले आफैलाई प्रश्न गरौँ र आफैबाट उत्तर खोजौँ त - के हामीले मरे पछि आर्यघाटमा हाम्रो दाह संस्कार गर्ने नैतिक अधिकार बाँकी राखेका छौँ त ? तपाईँ हामीले गर्ने कर्म, धर्म, सत्य र इमान्दारिताको बाटोले आर्यघाट जोडेका छौँ त ? प्रश्न गहिरो सँग बुझ्ने प्रयास गरिदिनुहोला । ** खाली हात आएकाथ्यौं खाली हात जाने हो, नगरौँ है कुकर्म जाँदा के नै लाने हो ??


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक