20230913

६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी !

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले झन्डै ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३ सय ६० किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ विगो कायम गरेको छ । सिआइबीका अनुसार घटनामा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक याओ पुचेङलाई मुख्य अभियुक्त बनाइएको छ । त्यस्तै, मुख्य बिचौलियाका रूपमा रहेका चिनियाँ नागरिक टियान मी, वेन तोङ, डिङ सेग्फा, ली नेङकाई, ली वेन सुङ, किशोर बस्नेत, सुमन खरेललाई खास अभियुक्त बनाइएको छ ।


दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । सिआइबीको बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेको जानकारी गराएको हो । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेको सिआइबीले जानकारी दिएको छ ।


उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताउनुभयो । अहिले सिआईबीले विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने सिआईबीले जानकारी दिएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।


हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् । सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।


यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्।   यी कम्पनीहरू मार्फत सुन तस्करी भएको सीआइबी प्रतिवेदनमा जनाइएको छ। सिआइबीले हालसम्म नेपाली तथा विदेशी नागरिक गरी ३२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको पनि जनाएको छ । सिआईबी प्रतिवेदन अनुसार ८ जना त्रिभुवन भन्सार कार्यालयका कर्मचारीहरू, ४ जना भन्सार एजेन्ट, ३ जना कार्गो एजेन्ट, ट्याक्सी चालक १ जना, भाषा अनुवादक-काेटा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गर्ने-माल वस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक