20230914

सिन्धुली समाज अमेरिकाको तर्फबाट नेपाल रेडक्रश सोसाइटी सिन्धुली शाखालाई रक्त कोष संचालन अक्षय कोष शीर्षक अन्तर्गत ने. रू. १०,४४, ६५१. ९० सहयोग प्रदान

 
सिन्धुली समाज अमेरिकाको तर्फबाट प्रकाश आचार्य र सन्जोक आचार्यले प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ : "नेपाल रेडक्रास सोसाइटी, सिन्धुली शााखाले सिन्धुली जिल्लामा निःशुल्क रक्त सेवा उपलव्ध गराउनेउदेश्य अनुरूप अक्षयकोष स्थापना गर्न लागेको मौखिक रूपमा जानकारी जुलाई १२, २०२३ मा भएको र सो कार्यका लागि सोही मितिमा सिन्धुली  समाज अमेरिकाको विध्दुतीय माध्यमद्वारा वसेको  कार्य समिति को सर्व सम्मत निर्णय अनुसार आर्थिक सहयोग जुटाउने कार्य शुरू गरिएको थियो।

सिन्धुली समाज अमेरिका कार्य समितिमा पदाधिकारी एवं सिन्धुली घर भई अमेरिकामा  वसोवास गर्दै आउनु हुने महानुभावहरूको सामुहिक सकृयतामा सेप्टेमवर ०२, २०२३ सम्म आर्थिक संकलन कार्यले निरन्तरता पाएको थियो। नेपाल रेडक्रास सोसायटी सिन्धुली  शाखा द्वारा स्थापना गर्न लागिएको निःशुल्क रक्तदान अक्षयकोष आर्थिक संकलन जस्तो पुण्य कार्यमा सहभागी भइ यथासक्य सहयोग पुर्याउन पाएकोमा सिन्धुली समाज अमेरिका गौरन्वानित भएको छ। सो कार्यमा योगदान पुर्याउनु हुने सिन्धुली वासी अमेरिका निवासी एवं सेवा भाववाट प्रेरित सिन्धुली जिल्लाका अतिरिक्त  अन्य जिल्लावाट समेत प्रतिनिधित्व गर्नुहुने  अमेरीका निवासी समाजसेवीहरू प्रति सिन्धुली समाज अमेरिका हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छ।


आर्थिक पारदर्शिता र कानूनतः प्रकृयाका मापदणडलाई सत् प्रतिशत कार्यान्वयनमा ल्याउने सिन्धुली समाज अमेरिकाको संकल्प रहेको हँुदा तदनुरूप, रक्त कोष संचालन अक्षय कोष शीर्षक अन्तर्गत उठेको रक़म डलर ८१८९.००  ( ने. रू. १०,४४, ६५१. ९०) सिन्धुली समाज अमेरिकाको चेश वैंक (CHASE BANK ) खाता वाट नेपाल रेडक्रश सोसाइटी सिन्धुली शाखाको  राष्ट्रीय वाणिज्य वैंक सिन्धुली खातामा हस्तान्तरण गरिएको कुरा जानकारी गराउन चाहन्छु ।


पुनश्चः “सेवा नै धर्म हो “ भन्ने युक्तिलाई सार्थकता प्रदान गर्नुहुने दातृमनहरू प्रति आभार प्रकट गर्दै, सिन्धुली समाज अमेरिकाले सम्पूर्ण दाताहरूलाई सम्मान पत्र प्रदान गर्ने जानकारी ग्राहकों छ।"


प्रकाश आचार्य

सन्जोक आचार्य

मेडिया कोअर्डिनेटर

सिन्धुली समाज , अमेरिका


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक