20230929

नेपाल राहत शिक्षक संघ र सरकारबीच पाँच बूँदे सहमति

 प्रदर्शनरत नेपाल राहत शिक्षक संघ र सरकारबीच पाँच बूँदे सहमति भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको छलफलबाट विरोध फिर्ता लिने समहति भएको हो । शिक्षा मन्त्री अशोक कुमार राईसँग आज भएको छलफलमा नेपाल रहत शिक्षक संघका केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीसहित बाल विकास शिक्षक केन्द्रीय समिति सहित ६ घटक सहभागि थिए । सहमति पत्रमा आगामी दिनमा शिक्षक कर्मचारी तथा बालविकास सहजकर्ता सम्बन्धी विषयमा शिक्षा मन्त्रालयसँग समन्वय गर्ने, शिक्षा ऐन २०२८ अनुसार नियुक्त भएका शिक्षकको मौजुदा ऐन बमोजिम निवृत्तभरणको व्यवस्था गर्ने, अनुदानमा कार्यरत कर्मचारी स्थायी प्रक्रियामा समेल भइ अनुत्तीर्ण भएकालाई अवकास लिन चाहाने सेवा अवधिका आधारमा सेवा सुविधा प्रदा गर्ने सहमति भएको छ ।

दर्ता भएको विधेयकका बारेमा संसदमा हुने छलफलका क्रममा शिक्षहरुसँग भएको सहमतिलाई लैजाने, प्रारम्भीक बाल शिक्षालाई विद्यालय संरचना भित्र समावेश गर्ने, जस्ता विषयमा सहमति भएको हो । यस्तै हुँदै आएको विरोध प्रदर्शन रोक्ने र पठनपाठन क्रियाकलापलाई नियमित गर्ने लगायतका बूँदामा सहमति भएको छ । यसअघि नेपाल शिक्षक महासंघले असोज ३ र ४ गते विभिन्न संगठनलाई सहभागि गराएर काठमाण्डौं केन्द्रीत विरोध प्रदर्शनपछि सरकारसँग भएको सहमतिमा आफुहरुलाई नसमेटिएको भन्दै राहत शिक्षकहरुले विरोध गर्दै आएका थिए । आज भएको सहमतिसँगै आफूहरु आइतबारबाट काममा फर्किने राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी ऐनलाई लिएर उनीहरुले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका थिए ।  



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक