20230916

Breaking News: काठमाडौंको मुटुमा तीजकै मुखमा ४ जनाको बिभत्स हत्या, प्रहरीले अनुसन्धान गर्न बिशेष समिती बनाएर काम शुरु


 काठमाडौंको मुटुमा तीजकै मुखमा ४ जनाको बिभत्स हत्या भएको छ । गैह्रिगाउँस्थित एक काठ मिलमा शुक्रवार राती ४ जनाको बीभत्स हत्या घटनामा प्रहरीले अझै हत्या र हत्याराको बारेमा पत्ता लगाउन सकेको छैन । प्रहरीले शुक्रवार राती करिब १२ बजे खबर पाएपछि घटनास्थल पुगेको थियो। काठ मिलमा बस्दै आएका २८ वर्षीय दीपेन्द्र राईले घटनाबारे प्रहरीलाई खबर प्रहरीले बताएको छ । प्रहरीले राईलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म उनको संलग्नताबारे कुनै प्रमाण फेला नपरेको दाबी अनुसन्धान अधिकारीको छ।


राती आफू काठ मिलमा पुग्दा भित्र हत्या गरिएको अवस्था देखेपछि आफू खबर गर्न आइपुगेको राईले प्रारम्भिक अनुसन्धानका क्रममा बताएका थिए। प्रहरीका अनुसार उनी धेरै नै मदिरा सेवन गरेको अवस्थामा थिए। उनी शुक्रवार दिउँसो जडीबुटीमा मदिरा सेवन गरेको र पुल खेलेर बसेको पाइएको छ। मदिराले छाडेपछि शनिवार दिउँसोबाट मात्र राईमाथि सोधपुछ सुरु भएको थियो। राईका बुबा सोही काठ मिलमा एक वर्ष अघिसम्म काम गर्थे। त्यसयता उनका बुबा त्यहाँबाट निस्किए पनि राई भने काठ मिलमै बस्दै आएका थिए। ‘उनी विदेश मान्छे पठाउने काम गर्दा रहेछन्। काठ मिलमा काम नगर्ने भए पनि उनलाई बस्न दिइएको रहेछ। घटनामा उनकै आफन्त भाइको पनि मृत्यु भएकाले अरू कोही घटनामा संलग्न हो की भन्ने आशंका पनि बलियो छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्। प्रहरीका अनुसार राईका ती आफन्त केही महिनादेखि उनीसँगै काठ मिलमा बस्दै आएका थिए।


घटनामा एकै परिवारका तीन जनासहित ४ जनाको हत्या भएको थियो। ‘राईले आफैले गएर गेट खोलेको बताएका छन्। त्यसो हो भने अन्य कतै तिरबाट मिलभित्र छिरेर घटना भएको हुन सक्ने सम्भावना पनि छ। त्यसबारे पनि अनुसन्धान केन्द्रित छ। हत्या भएका व्यक्तिको रिसइबी र कारोबारका विषयमा पनि हेरिरहेका छौँ’, ती अधिकारी भन्छन्। चार जनाको बीभत्स तरिकाले हत्या भएकाले घटनामा एक जनाभन्दा बढी संलग्न भएको हुन सक्ने आशंका प्रहरीको छ। मदिराले मातेको मान्छे ले ४ जनाको हत्या कसरी एक्लै गर्न सक्छ ? त्यो पनि सोंचनिय छ । घटनाको प्रहरीले छनबिन गरिरहेको छ । यसै बिच प्रहरीले नै अनुसन्धान गर्न बिशेष समिती बनाएर काम शुरु गरेको छ ।   

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page              

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक